गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

कास्की,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउनु भएको छ । शुक्रबार प्रदेश सभामा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् । सभामा उपस्थित ५८ जना सांसद मध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो […]

पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्बोच्चमा रिट

काठमाण्डौ,असार,४-फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्बोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गरेका हुन् । रिटको सुनुवाई आईतबारको लागि तोकिएकोछ । निशेधाज्ञाका बेलासमेत नागरिकलाई फिल्डमै पुगी समाचार संकलन गरी सूसूचित गराउँदै आएका पत्रकारहरुलाई राज्यले […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपाली कांग्रेस […]

कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान देऊ:विवेकशील साझा पार्टी

काठमाण्डौं,असार,३-सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा  कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।   सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ।    बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग […]

महाधिवेशनको `मोडालिटी` तय गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,असार,३-नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।आज २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् । यस अघिको बैठकले भदौ १६ देखि अधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तावबारे अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा आज दिउँसो […]

थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि,५२ जनाको मृत्यु

काठमाडौं,असार,२-विगत २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको  जानकारी अनुसार उक्त अवधिमा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी उक्त अवधिमा थप ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश, प्लेअफ खेल्नुनपर्ने

काठमाडौं,असार,२-नेपाल चीनमा आयोजना हुने एसियन कप -२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल […]

वर्षा र बाढीको वितण्डा:देशका विभिन्न १५ ठाउँमा पहिरो,आधा दर्जन बढी जिल्लामा बाढी

काठमाडौं,असार,२-लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ । अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ । नारायणी नदीमा पानीको सतह […]

मनाङमा बाढीको प्रभाव:तीन सय विस्थापित,सडक अवरुद्ध

काठमाडौं,असार,१-तीन दिन देखि परिरहेको अविरल वर्षासँगै मनाङमा बाढी आएको छ। बाढी आएपछि चामेका करिव ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। चामेका ३ सय जनालाई नवनिर्मित कारागार भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । वर्षाका कारण मर्स्याङ्दी नदीमा लगातार वहाव बढेको लामिछानेले बताउनुभयो ।चामे बजार हुँदै बग्ने दुई ठाडो खोला घट्टो र स्याक्लुमा […]

सात वटै प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौं,जेठ,१-मुलुकका सात वटै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश सरकारले बजेट निर्माणको काम सकाएका छन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन […]