काठमाडौं,बैशाख,१४-चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गर्नु भएको छ। उहाँले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र प्रदीप ज्ञवाली समेत सहभागी रहेको एक भिडियो कन्फ्रेन्समा उहाँले सो प्रतिबद्धता जनाउनु भएको थियो । नेपाल, अफगानिस्तान, […]
Author: bihani
भारतमा कोरोना संक्रमितको मृत्यु दर बढ्दो:पार्कहरु शवदाह गृह निर्माण हुँदै
भारत,बैशाख,१४-भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ।शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह निर्माण गर्न थालिएको छ । कोरोना संक्रमणको घातक दोस्रो छालले सबैभन्दा बढी मार खेपिरहेको दिल्लीमा पार्किंङ स्थल, पार्क वा खाली मैदान, दाहसंस्कारको बढ्दो आवश्यकताका लागि खोजी भईरहेको अधिकारीहरुले जनाएका […]
बाँकेमा संक्रमण भयावह,पोजिटिभिटी दर ७५ प्रतिशत
काठमाडौं,बैशाख,१३-बाँके जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिएको छ। संक्रमितको ठूलो हिस्सा सिकिस्त हुँदा अस्पतालका बेड भरिभराउ भएका छन्।जिल्लामा हाल २ हजार ४०८ सक्रिय संक्रमित छन्। शनिबारमात्रै ४५४ जनाको परीक्षण हुँदा ३४३ जनामा संक्रमण पुष्टि भएको थियो। भेरी अस्पताल नेपालगञ्जमा रहेका २०३ संक्रमितमध्ये ६८ जना सिकिस्त रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ। यस्तै […]
इराकको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु
एजेन्सी,बैशाख,१२-इराकको बग्दादस्थित कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौ घाइते भएका छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आइसियु वार्ड बाहिर अक्सिजन ट्यांक बिस्फोट र आगलागीमा मृत्यु हुनेमा अधिकांश आइसीयुमा उपचाररत बिरामी रहेका छन् । घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको छ।यसैबीच इराकका प्रधानमन्त्री मुस्तफा अल […]
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द
काठमाडौ,बैशाख,१२-बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् । कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ । बिरामीलाई […]
भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए
काठमाडौं,बैशाख,१२-भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना-संक्रमित थपिएका छन्।भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको […]
गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न
काठमाडौं,बैशाख,१२-नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र […]
नेपाल सुपर लिग : आज दुई खेल हुने
काठमाडौं,बैशाख,१२-पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र धनगढीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको […]
एनएसएल:ललितपुर सिटीलाई हराउदै,काठमाडौं रेजर्स विजयी
काठमाडौं,बैशाख,११-काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ ।शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ओलुमोउले गोल गरेका थिए । खेलको […]
त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट: नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन
काठमाडौं,बैशाख,११-नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको हो । नेदरल्यान्ड्सविरुद्धको यो जित नेपालको सर्वाधिक रनको जित हो । यसअघि नेपालले भुटानविरुद्ध १ सय ४१ रनको जित निकालेको थियो । यससँगै नेपालले पहिलो पटक […]







