संसद सचिवालयलाई दाहाल-नेपालको पत्र:ओलीको कार्यलाई मान्यता नदिनु

काठमाडौं,फागुन,२०-नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । सो समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो । सो समुहले […]

मलाई मधेश पस्न नदिए पनि पानीचाहिँ नरोक्नु: प्रधानमन्त्री ओली

सिन्धुली,फागुन,२०-प्रधानमन्त्री केपी ओलीले मधेशमा आफूलाई पस्न नदिनेहरुलाई आफैले शिलान्यास गरेको आयोजनाबाट वितरन हुने पानी भने नरोक्न आग्रह गर्नुभएको छ । बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास गर्दै ओलीले भन्नुभयो, ‘मलाई मधेश पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला ।’ केही मानिसले आफूलाई मधेश विरोधी भने पनि मधेशका खेतमा पानी पसाउने कामको थालनी गरेको भन्दै ओलीले भन्नुभयो, […]

पौडेललाई देउवाको काउन्टर-प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न, सानो चित्त नबनाउनुस्

चितवन,फागुन,१९-नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए पछि नहट्ने बताउनुभएको छ । पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेस पदको लोभ नगर्ने पार्टी भएकाले पदको लोभ पनि नगर्ने तर जिम्मेवारी आए पछि नहट्ने प्रष्ट पार्नुभयो । तर सोही शोकसभामा बोल्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले […]

‘बी’ डिभिजन लिग : आज खुमलटार र ब्वाइज युनियन भिड्दै

काठमाडौं,फागुन,१९-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।नयाँबस्ती र टुसालबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ । नयाँबस्ती आज टुसाललाई हराएर लिगको शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा रहेको […]

सुनको भाउ ५०० रुपैँयाले बढ्यो

काठमाडौं,फागुन,१९-स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंघलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै, तेजाबी सुन मंगलबार प्रतितोला ८६ हजार […]

नेकपा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाले लगाए कोरोना खोप

काठमाडौं,फागुन,१९-नेकपाका अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्ध खोप लगाएका छन्। फागुन २३ गतेदेखि संघीय संसद अधिवेशन सुरु हुन लागेको हुँदा सांसद, पदाधिकारी, कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई कोभिड खोप लगाउन सुरु गरिएको हो। बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका […]

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक रहेको भनाइ

काठमाडौं,फागनु,१९-सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुबै पक्षले बैठकमा आ-आफ्नो विषय प्रवेश गराएका छन् । आज औपचारिक शुरुवात बाहेक अरु विषयमा छलफल नभएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक रहेको जानकारी […]

सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी

काठमाडौं,फागुन,१९-सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । वार्ताका लागि विप्लव समूहको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । उच्च सुरक्षा सतर्कताबीच दुबै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा […]

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,फागुन,१८-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक यहि फागुन २३ गते बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो । आगामी […]

सभामुख लगायत सांसदहरुले आजबाट कोरोना खोप लगाउने

काठमाडौं,फागुन,१९-सभामुख अग्नि सापकोटाले कोरोना विरुद्धको खोप लगाउँदै हुनुहुन्छ । सापकोटाले बुधबार बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर कोरोना विरुद्धको खोप लगाउने सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बुधबार र बिहीबार प्रतिनिधिसभाका सांसदहरु, मर्यादापालक, सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारीलगायत सम्पूर्णले खोप लगाउने संसद सचिवालयले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म […]