काठमाडौं,माघ,१४-बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत […]
Author: bihani
आज देखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु
काठमाडौं,माघ,१४-आज (बुधबार) एकैसाथ देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्नुभएको हो । कोरोनाविरुद्ध खोप लगाउने अभियानको सुरु अहिले उद्घाटन समारोह चलिरहेको छ।
सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै
बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ। छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो । प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो […]
‘औपचारिक रुपमा नेकपा अझै एउटै’छ : निर्वाचन आयोग
काठमाडौं,माघ,११-नेकपाका दुई पक्षले अलग-अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् । […]
आज सातै प्रदेशमा कोरोना खोप पुर्याइँदै,१८ गतेसम्ममा लगाउन थालिने
काठमाडौं,माघ,११-भारतले दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्याइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने जानकारी दिनुभयो । ‘आज सातै प्रदेशमा कोरोना खोप पुर्याइनेछ,’ प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘यही १८ गतेसम्ममा लगाउन थालिनेछ।’ भारतले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेकोमा […]
आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै
काठमाण्डौं,माघ,११-आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो। बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा […]
कोभिड-१९ विरुद्धको खोप आजदेखि सातओटै प्रदेशमा पठाईदै
काठमाडौं,माघ,१०-कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिवारदेखि सातओटै प्रदेशमा पठाउन थालिएको छ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातओटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उहाका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण […]
वैशाखमा निर्वाचन हुने सम्भावना छैनः महामन्त्री कोइराला
काठमाडौं,माघ,१०-नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले वैशाखमा निर्वाचनको सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको धारणा राख्नु भयो । डा कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने […]
प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन सुरु
काठमाडौं,माघ,९-प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गरेको छ।शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको भएको प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत हुने जनाएको छ। ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु भएका हुन्। […]
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न देउवाले बोलाए बैठक
काठमाडौं,माघ,९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न सो प्रदेशका कांग्रेस केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनु भएको छ । अपरान्ह १ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाइएको सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गरिएको छ। ‘वरिष्ठ नेता पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुलाई परामर्शका लागि बोलाउनु […]




