काठमाडौं,माघ,१७-प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभामा केपी शर्मा ओली पार्टीमा मात्रै नभएर सडकमा पनि एक तिहाइमात्रै भएको बताउनु भएको छ । सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै/घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उहांको भनाइ थियो। उहाले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एक तिहाइमात्रै हो भन्ने आजको […]
Author: bihani
आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं,माघ,१६-आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले आज (शुक्रबार) छलफल गर्ने भएको छ। नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्ने भएको हो। आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले […]
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं,माघ,१६-देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा […]
प्रचण्ड-नेपाल समूहले माघ २८ को प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने
काठमाडौं,माघ,१५-प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिनुभयो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको […]
दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी
काठमाडौं,माघ,१५-नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज (बिहीबार) बुटवलमा विरोध सभा गर्दै छ।नेकपा संघर्ष समितिअन्तर्गत लुम्बिनी प्रदेश कमिटीले दिउँसो १ बजे विरोध सभा आयोजना गर्न लागेको हो । प्रादेशिक अस्पतालको उत्तरतर्फ खाली जग्गामा हुने सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। संघर्ष समितिका संयोजक ठाकुर गैरेका अनुसार सभाअघि बुटवलका […]
स्वस्थानी व्रत आजबाट सुरु,शालीनदीमा मेला
काठमाडौं,माघ,१५-हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी […]
प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्दाको सुनुवाइ एकै बेन्चमा आज
काठमाडौं,माघ,१५-अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ आज हुने भएको छ। अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधि सभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका रिटको आज एउटै बेन्चमा सुनुवाइ तोकिएको छ। यी सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ हुने भएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा […]
आईपीएल अक्सन फागुन ६ गते हुने
एजेन्सी,माघ,१४-सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ । आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन्।जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट […]
राष्ट्रिय महिला लिग:विराटनगरको पहिलो जितमा कुसुमको ह्याट्रिक
काठमाडौं,माघ,१४-विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । कुसुम खड्काले ह्याट्रिक गरेको खेलमा अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् । यो जितसँगै विराटनगरले ३ खेलमा ४ […]
सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेटको फाइनल प्रवेश
काठमाडौं,माघ,१४-सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको सशस्त्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । शंकर रानाले ४४ तथा भुवन कार्कीले […]




