काठमाडौं,भदौ,६-नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एक/एकजना रहेका छन् ।योसँगै नेपालका […]
Author: bihani
बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्न थाल्यो
बर्दिया,भदौ,६-बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे तटबन्ध फुट्न थालेको छ ।राजापुर नगरपालीका–१ टिउनीमा नदी छेक्न बनाइएको बाँध धमाधम भत्कीन थालेको हो । तटबन्ध धमाधम भत्किन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।केही दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले टिउनीघाट तटबन्धको २ सय मिटर लम्वाइमा ५० प्रतिशत भाग भत्किएको […]
भदौ १६ गतेबाट यी देशमा नियमित उडान
काठमाडौं,भदौ,५-सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक आउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ।सरकारको प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गर्ने जानकारी दिनुभयो । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप […]
नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए
काठमाडौं,भदौ,५-नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । विभिन्न ११ जिल्लामा एक/एकजनाको मृत्यु भएको उहाँले बताउनुभयो ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको […]
आज हरितालिका तिज, देशभर मनाईदै
काठमाण्डौ,भदौ,५-आज हरितालिका तिज ।नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज देशभर एकै साथ मनाईदैछ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वउमा महेश्वरको पूजाराधना गरी मनाईने गरिन्छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी माता पार्वतीले शिव भगवानलाई पति पाउ भनी तीजमा पानीसमेत नखाई व्रत बसी शिवलाई पति स्वरूपमा प्राप्त गरेकोले आज हिन्दु नारीहरु पतिको लामो […]
जापान सहित ९ देशबाट नियमित उडान गर्न दिने सरकारको निर्णय
काठमाण्डौं,भदौ,५-सरकारले विभिन्न देशमा रहेका नेपाली नागरिक, विदेशस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न देश तथा शहरबाट नेपाल आउनका लागि नियमित उडान गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा […]
बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा
एजेन्सी,भाद्र,४-जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । लिस्बनमा बुधबार बायर्नको ३-० को जितमा सर्ज जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै जिनाब्रीले दुवै गोल गरेका थिए । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट […]
स्पेनिस क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त
एजेन्सी,भाद्र,३-स्पेनिस क्लब बार्सिलोनाले टिमको मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेको छ ।बार्सिलोनाले बुधबार नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । डच टिमको मुख्य प्रशिक्षक समेत रहेका कोम्यानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् ।५७ वर्षीय कोम्यान बार्सिलोनाका पूर्व डिफेन्डर समेत हुन् । उनले क्याटलान क्लबबाट सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए । कोम्यानले […]
मालीमा सरकारी सेनाबाटै विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रमा
काठमाडौं,भादौ,३-पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका छन् । राष्ट्रप्रमुखसहित अन्य शिर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा आफ्नो कब्जामा लिएका […]
“म दबाबमा काम गर्दिन सबैलाई थाहा छ”: कमल थापा
काठमाण्डौं,भादौ,३-राप्रपा र राप्रपा संयुक्तका बिच एकिकरण हुॅदा सम्झौताको दफा (९) मा “पार्टीको चुनाव चिन्ह ६ महिना भित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ” भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ। यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल,विवाद र बहस पछि उक्त सहमति गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ। पार्टीको […]





