काठमाडौं,भदौं,१२-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि (शनिबार)का लागि बोलाइएको बैठक स्थगित गरिएको हो । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको जनाइएको […]
Author: bihani
थप ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो
काठमाडौँ,भदौ,१२-पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १० […]
उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं,भदौ,१२-चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उहाॅंले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिरहेको बारेमा सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिनुभएको हो । उहाॅंले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ ।आफूलाई कोरोना पुष्टि भएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको ट्विट गर्दै बताउनु भएको छ । Dear friends and well […]
कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसीमाथि सरकारी कुदृष्टि, प्रहरीको घेराबन्दी
काठमाडौं,भदौं १२-नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंड्नु भएका डा. केसीमाथि सरकारले दुःख दिएको हो । साउनदेखि जुम्लाका दुर्गम बस्तीहरुमा उपचार नपाइरहेका नागरिकको सेवामा जुट्नुभएका उहाँलाई प्रहरीले त्यहीं घेराबन्दी गरेको हो । उहाँलाई […]
जापानका प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने
जापान,भदौ,१२-जापानका प्रधानमन्त्री सिन्जो आबेले आज (शुक्रबार)साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ।उक्त सम्बोधनबाट उहाॅंले राजीनामा दिन लाग्नु भएको बताइएको छ। जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबे लगातार बिरामी भएपछि पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिनुहुने बुझिएको छ। ‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो,’ उहाॅं निकट स्रोतले भनेको […]
मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णयहरु
काठमाडौं,भदौ,११-सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीहरूको सरुवासमेत गरेको छ । यस्तै, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ । उच्च शिक्षाका लागि विदेशी […]
नेपालमा थप ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो
काठमाडौं,भदौ,११-पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् ।विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् ।यससँगै कुल […]
कोरोना संक्रमणबाट बिहानै गर्भवतीसहित थप ४ जनाको मृत्यु
काठमाडौं,भदौ,११-कोरोना संक्रमणका कारण बिहीबार बिहानै एक गर्भवतीसहित थप चार जनाको मृत्यु भएको छ।वीरगञ्ज, बुटवल, ललितपुर र पोखरामा गरेर थप चार जनाको मृत्यु भएको हो। वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बिहान ६ बजे बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार उनी ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो र श्वासप्रश्वासको समस्या […]
ब्लडक्यान्सर पिडित कल्पना लाई सहयोगको अपिल
बुडर,डोटी,भदौ,१०-ब्लडक्यान्सरबाट पीडित भएका डोटीको जोरायल गाॅंउपालीका वडा नं.२ पनालीगैरा बस्ने २६ वर्षीय कल्पना विकलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै कल्पनाको परिवारले सहयोगको माग गरेको हो। ब्लडक्यान्सर पिडित कल्पना, खडक कामीका बुहारी अर्थात चन्द्र कामीको श्रिमती हुनुहुन्छ । पिडित परिवारको आर्थीक अवस्था नाजुक भएको हुॅंदा […]
बार्सिलोना छोड्ने मेस्सीको निर्णय
एजेन्सी,भदौ,१०-अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् । मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा उनले कुनै […]



