काठमाडौं,भदौ,१६-नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको […]
Author: bihani
हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय विरुद्ध एयरलाइन्स अपरेटरहरुले आन्दोलन गर्ने
काठमाडौं,भदौ,१६-आन्तरिक हवाई उडान दुई साताका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति हवाई संचालकहरुले विरोध जनाएका छन् । सरकारले यसअघिको निर्णय पटक–पटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले असन्तुष्टि जनाएका हुन् ।मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै पूर्वनिर्धारित तालिकाअनुसार आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने तयारी गरेको संघका महासचिव […]
विद्यार्थीका समस्यामा आधारित भिम गुरुङ संगको अन्तर्वार्ता (जापान)
फुकुओका,जापान,भदौ,१६-विश्वव्यापी फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण विश्वभर लाखौंले ज्यान गुमाई सकेका छन्,भने धेरैले रोजगारी गुमाएका छन्।यतिबेला विश्वको अर्थतन्त्र तहस नहस भएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ । विशेष गरि यसको सबैभन्दा ठुलो असर विदेशीलाई परेको छ । यो कोराना भाईरसले शिक्षा क्षेत्रमा पनि उत्तिकै नोक्सानी पुर्याएको छ । ईन्टरनेटको पहुॅंच हुने देशले […]
थप ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो
काठमाडौं,भदौ,१५-पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको […]
एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि, १७,५१८ जनाको उपचार हुॅंदै
काठमाडौं,भदौ,१४-नेपालमा एकैदिन थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२ सय २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाॅंका अनुसार नेपालमा हाल संक्रिय संक्रमित १७ हजार ५१८ रहेको छ।प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १२ हजार ७ सय १७ […]
प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर्न महासंघको आग्रह
काठमाडौं,भदौ,१४-नेपाल पत्रकार महासंघले प्रेसको दुरुपयोग गर्नेको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा सञ्चारकर्मीको परिचय दिँदै सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई दुरुपयोग गर्नु गम्भीर आपत्तिको […]
नेपालमा सक्रिय कोरोना संक्रमित १६,५९०, भेन्टिलेटरमा २२ जना
काठमाडौं,भदौ,१३-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष रहेका छन् । जसमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले […]
नेपालमा एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, ८८४ जना संक्रमित थपिए
काठमाडौं,भदौं,१३-नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएका मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । मृतक तीन जना महिलामा पाल्पा, काठमाडौं र भक्तपुरका छन् भने पर्सा […]
सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला विजेता
काठमाडाैं,भदौ,१२-नेपाल आइडलको सिजन तिनमा सज्जा चौलागाई विजेता घोषित भएका छन्।शुक्रबार भएको ग्राण्ड फिनालेमा प्रविन बेदवाल र किरण भुजेललाई पछि पार्दै चौलागाई तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला नेपाल आइडल समेत भएका हुन् । बर्दियाका प्रविन वेदवाल फस्ट रनर अप भए भने सेकेण्ड रनर अप बर्दिवासका किरण कुमार भुजेल बने । उपाधिसँगै मोरङ जिल्लाका सज्जा चौलागाईले ५० लाख रुपैयाँ नगद […]
जापानी प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा दिए
टोकियो,जापान,भदौ,१२-जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा समस्या आएपछि शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्नु भएको छ । जपानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बन्नु भएका ६५ वर्षीय प्रधानमन्त्री सिन्जो आबे पछिल्लो समय स्वास्थ्य समस्याबाट ग्रसित हुनुभएको थियो।स्वास्थ्य समस्याका कारण उहाॅंले पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना हुनुभएको थियो । प्रधानमन्त्री शिन्जो आबेले […]





