पुल्चोक झडप:पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवक पक्राउ

काठमाडौँ,भदौ,१८-ललितपुरको पुल्चोकमा बिहिबार भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।ललितपुरमा रथतान्ने क्रम्मा भएको झडपमा भने आफैंले ढुंगा टिपेर प्रहरी माथि प्रहार गरेको थियो ।  महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक […]

एकैदिन कोरोनाका कारण १४ जनाको मृत्यु, १३५९ जना संक्रमित थपिए

काठमाडौं,भदौ,१९-नेपालमा पछिल्लो २४ घन्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । यो संक्रमितको संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा १३५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो । २४ घन्टामा डिस्चार्ज १३ सय […]

अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट विदा भए

काठमाडौं,भदौ,१९-अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट विदा हुनुभएको छ।सांसदकाे रुपमा कार्यकाल सकिएपछि पनि पुनः नियुक्ति पाएका उहाॅंले संबैधानिक व्यवस्था अनुसार भोलि भदौ २० गतेदेखि मन्त्री पदको कार्यकाल सकिन्छ। कार्यकाल सकिनु एक दिनअघि उहाॅं अर्थमन्त्रालयबाट बिदा हुनुभएको हो ।आज शुक्रबार मन्त्रीपरिषद् बैठकमै आजै राजिनामा दिने जानकारी गराउनु भएको खतिवडा अर्थ मन्त्रालय आएर बिदा भएको हो ।उहाॅंले […]

ललितपुरको चक्रपथ क्षेत्रभित्र भोली शुक्रबार कर्फ्यू

काठमाडौं,भदौ,१८-ललितपुरको चक्रपथ क्षेत्रभित्र भोलि कर्फ्यू लाग्ने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार दिनभरको तनावपछि शुक्रबार कर्फ्यू लगाउने निर्णय गरेको हो। बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।  चक्रपथभन्दा भित्र मात्रै कर्फ्यूको निर्णय भएकाले बाहिर यसअघिकै आदेश अनुसार निशेधाज्ञा कायम रहने पनि प्रशासनले जनाएको […]

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

काठमाडौं,भदौ,१८-ललितपुरमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन […]

वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं,भदौ,१८-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराउनुभएको थियो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका […]

एकैदिन थपिए १२२८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं,भदौ,१८-पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थप संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन् ।१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना […]

एकैदिन ११२० जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं,भदौ,१७-पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थपिएका संक्रमितमा ३२० महिला र ८०० पुरुष छन् ।मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ […]

चिनियाँ सेनासँग भएकाे पछिल्लो भिडन्तमा पनि भारतीय सैनिक मारिएको दाबी

काठमाडौं,भदौ,१७-केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ। गत शनिबार र आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा ती सैनिक मारिएको समाचार बेलायती पत्रिका द गार्डियनले लेखेको हो। दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए। […]

७० करोड मोलमोलाई गरेको विषयमा सोधबुझ गर्न अख्तियारले मिश्रलाई बोलायो

काठमाडौं,भदौ,१७-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुभएको थियो […]