काठमाडौं,असार,२-नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीरतापूर्वक प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा कसैले अनियमितता गरेको पाइए कार्वाही गरिने बचन दिनुभयो।कांग्रेस सांसदहरुलाईं प्रधानमन्त्री ओलीले यसमा दोषी पाइए नेपाली सेनालाई समेत […]
Author: bihani
उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त
काठमाण्डौं,असार,२-उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै […]
नेपाल एयरलाइन्सको दुबई र दोहा उडान स्थगित
काठमाडौं,असार,२-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे मंगलबार बिहान विमानस्थललाई अवगत गराएको थियो ।निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी […]
‘लद्दाखमा गोली चलेको होइन, मुक्कामुक्कीमै ३ भारतीय शैनिकको मृत्यु’
काठमाण्डौं,असार,२-लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपका क्रममा गोली नचलेको भारतीय सेनाका एक अधिकारीले बताएका छन्। ‘गोली चलेको थिएन। हतियारको प्रयोग भएन। हातैले हानाहान भयो,’ समाचार एजेन्सी एएफपीले एक भारतीय अधिकारीको भनाइ उधृत गरेको छ। यसअघि भारतीय सेनाले आफ्ना तीन सैनिक झडपमा मारिएको बताएको थियो। मारिनेमा एउटा बटालियनको नेतृत्व गरिरहेका कर्णेल समेत रहेको खुलेको छ। […]
माल्दिभ्स र श्रीलंकाबाट १५४ नेपाली स्वदेश फर्किँदै
काठमाडौं, असार,२-हिमालय एयरलाइन्सले श्रीलंका र माल्दिभ्सबाट १ सय ५४ जना नेपालीलाई स्वदेश ल्याउँदै छ। हिमालयको जहाजले विदेशबाट उद्धारको पहिलो उडानमार्फत माल्दिभस्बाट १ सय ४९ र श्रीलंकाबाट ५ नेपाली ल्याउनलागेको हो। हिमालयको जहाज श्रीलङ्काको कोलम्बो उडान गरेको छ। कोलम्बो जाँदा उसले ४१ जना लिएर पनि गएको छ। उक्त जहाजमा ५ जना कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँबाट […]
भारतीय सेना मारिएपछि चीनले भन्योः चीनतर्फ आएका कारण झडप
काठमाडौं,असार,२-चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ। ‘चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो।’भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु […]
भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सैनिकको मृत्यु
काठमाडौं,असार,२-भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। […]
युएईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिलाइ
काठमाडौं,आषाढ,२-संयुक्त अरब इमिरेट्स (युएई)मा समस्यामा परेका नेपालीको उद्धारका लागि आज(मंगलबार) र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।आबुधाबीस्थित नेपाली दूतावासले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो ।दूतावासले जारी […]
क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वतको चुभीवा भिरबाट हामफालेका युवाको मृत्यु
पर्वत ,असार,१-पर्वत जिल्लामा क्वारेन्टाइनमा लैजाँदै गर्दा एक व्यक्तीले भिरबाट हाम फालेर आत्महत्या गरेका छन्।पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने चुभीवाको रबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भीर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बाग्लुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका […]
लकडाउन खुलेको होइन, खुकुलो मात्र भएको हो : प्रधानमन्त्री ओली
काठमाडौं,असार,१-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु बताउनु भएको छ ।सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको पनि बताउनुभयो । शुभकामना सम्बोधन गर्दै ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको स्पष्ट […]



