सरिता गिरीलाई सांसद पद र पार्टीको साधारण सदस्य पनि नरहने गरी हटाइने

काठमाडौँ,असार,१-  जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने भएको छ । संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमाने पछि जसपाले गिरीलाई हटाउने भएको हो ।लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन् । उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव […]

नेपालमा नयाॅं ४२५ जनामा संक्रमण,जम्मा ५,७६० संक्रमित, १९ को मृत्यु

काठमाडौं,जेठ,३२-नेपालमा थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ सय ७५ पुरुष र ५० जना महिला थपिएका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।आइतबार डिस्चार्ज हुनेको […]

सरकारले मिलायाे असार १ देखि रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था

काठमाडौं,जेठ,३२-सरकारले लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्य-दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ।लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएकाे हाे।  त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको […]

नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसी परियोजना अनुमोदन गर्ने बारे छलफल हुने

काठमाडौं,जेठ,३२-नेकपा सचिवालयको बैठक आज बस्दै छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसदमा संविधान संशोधन […]

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

पर्वत,जेठ,३२-कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । चार जना बेपता छन् ।पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शव आज बिहान फेला परेको हो । पहिरोमा पुरिएका चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस अघि गएराती […]

कैलाली जिल्लाको सीमामा एक हप्तामा ५ वटा सशस्त्रको विओपी स्थापना

कैलाली,जेठ,३१-नेपालको नयाँ नक्सासहितको निसाना छाप संसोधन भइरहेका बेला, कैलालीमा सशस्त्र प्रहरीले एक हप्तामै ५ वटा बोर्डर आउट पोष्ट (विओपी) थपेको छ । हप्ता दिनमै एकै जिल्लामा यत्ति धेरै विओपी थपिएको यो नेपालमै पहिलो पटक हो । कैलालीको भारतसँग १०१ किलोमिटर लामो सीमाना छ । भारततिर दुई-तीन किलोमिटरमा एसएसबीका पोस्ट छन् । नेपालतिर जिल्लाभरमा तीन वटा […]

भूमि फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,३१-प्रधानमन्त्री केपी शर्मा ओलीले अब मिचिएको नेपाली भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता हुने बताउनु भएको छ। शनिबार नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि प्रधानमन्त्री ओलीले पत्रकारसँग प्रतिक्रिया दिँदै मिचिएको भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्ने बताउनु भएको हो। […]

संविधान संशोधनको प्रस्तावमा १७ जनाले दिएनन् मत, सत्तारुढ दल नेकपाकै सांसद अनुपस्थित

काठमाडौं,जेठ,३१-मुलुकको भूगोलको नक्शा परिवर्तन गर्ने जस्तो ऐतिहासिक निर्णय प्रक्रियामा १७ जना सांसद अनुपस्थित भएका थिए।सत्तारुढ दल नेकपाकै सांसद यस्तो बैठकमा मत दिन उपस्थित भएका थिएनन् । शनिबार बसेको संसदको तल्लो सदन प्रतिनिधि सभा बैठकले मुलुकको नयाँ नक्शा पारित गरेको थियो । तर यस्तो ऐतिहासिक निर्णय गर्ने बैठकमा भने १७ सांसद निर्णय प्रक्रियामा सामेल भएनन् । […]

संविधान संशोधन भएपछि गगनले भने: अब यसरी नै विदेशी सेना फिर्ता पठाउनेछौं

काठमाडौं,जेठ,३१-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि गर्व अनुभूति भइरहेको प्रतिक्रिया दिनुभएको छ।  शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको थियो। यो संसदको जम्मा संख्या २७५ को […]

राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँदै छ : प्रचण्ड

काठमाडौं,जेठ,३१-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनु भएको छ । शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताउनु भएको थियो । […]