नेपाल मगर संघ जापानले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,जापान,पौष,२८-नेपाल मगर संघ जापानले आज शनिवार माघे संक्रान्ती पर्व मनाउदैछ।नेपाल मगर संघ जापानको आयोजनामा २६ औँ लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रम हुन लागेको हो । प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै यो सांगीतीक कार्यक्रम गर्न लागेको मगर संघ जापानले जनाएको छ।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ। […]

नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]

प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफलाई

काठमाडौं,पुस,१८-प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ। बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि जितेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनायो।

नेपाली महिला क्रिकेट टिमका विकेटकिपर ज्योतिले लिए सन्यास

काठमाडौं,पैष,१८-नेपाली महिला टिमका विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका छन्। नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योतिले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका हुन्। आज भएको प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाईनल खेलमा कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बललाई उपाधी जिताए संगै उनले सन्यास लिएकी हुन्।ज्योतिले सन् २०११ देखि […]

कोरिया रोजाइको श्रम गन्तव्य, प्रभावकारी सहजीरकण नहुँदा बारम्बार समस्या

काठमाडौं,पुष,१८-सन् २००८ मा सरकारी तवरमा श्रम सम्झौता भएसँगै नेपालीहरुका लागि कोरिया वैदेशिक रोजगारीका लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ। मुलुकमा रोजगारी नपाएका युवाका लागि दुःख भएपनि आकर्षक तलवका कारण कोरिया प्रमुख रोजाइमा पर्ने गरेको हो।यसैका लागि फारम भर्ने विषयमा गत शुक्रबार झडप हुँदा अनाहकमा निर्दोष दुई युवाको ज्यान गयो।यसको मूल जड के थियो त ? […]

मेसीले सन्न्यास गरेपछि १० नम्बर जर्सी अरूले प्रयोग गर्न नपाउने

टोकियो,जापान,१८-अर्जेन्टिनी फुटबल महासंघले लियोनल मेसीको सम्मानमा १० नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग गर्न नपाउने निर्णय गरेको छ।मेसीले फुटबलबाट सन्न्यास लिएको घोषणा गरेको दिनदेखि नै लागू हुने महासंघले जनाएको छ।महासंघले यसलाई ‘१० नम्बर जर्सी रिटायर्ड’ भनेको छ।अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएको र वर्तमान समयकै उत्कृष्ट खेलाडीको सम्मानमै उनले लगाउने गरेको १० नम्बर […]

जापानमा भूकम्प परी मृत्यु हुनेको संख्या ६४ पुग्यो, उद्धार कार्य जारी

टोकियो,जापान,१८-जापानको इशिकावा प्रान्तलाई केन्द्र विन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ६४ जना पुगेको छ। नयाँ वर्ष २०२४ साल सुरु भएकै दिन जनवरी १ तारिख सोमबार ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजी भन्ने सहरमा व्यापक क्षति तथा आगलागी भएको छ।बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूमा खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्म के कति क्षती भयो […]

एनएसएल : पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनल प्रवेश

काठमाडौं,पौष,९-नेपाल सुपर लिग (एनएसएल) को सुदुरपश्चिमको टिम धनगढी एफसी फाइनलमा पुगेको छ । आज सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनल पुगेको हो। निकै रोमाञ्चकप्रतिस्पर्धात्मक भएको खेलमा अग्रता भने पोखराले लिएको थियो।अन्तत धनगढी एफसी तीन पटक पछि परिसकेको अवस्थालाई उल्टाउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो। पोखरा थन्डर्सले तीन पटक […]

आज क्रिसमस डे नेपालमा पनि मनाइँदै

काठमाडौं,पौष,९-आज क्रिसमस डे मनाईदै!क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो। मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए। सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट […]

पर्यटनमन्त्री सुदन किराँतीलाई बर्खास्तको माग गर्दै पशुपतिक्षेत्रमा विरोध प्रदर्शन

काठमाडौं,पुस,५-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन्। बिहीबार उनीहरुले बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन्। विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस […]