काठमाण्डौँ,चैत,५- कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सांसद रेशम चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी नभएको स्पष्ट पार्नु भएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले चौधरीको अभियोग प्रमाणित नभए पनि उहाँको शपथबारे सरकारले निर्णय लिई नसकेको जानकारी दिनु भयो । अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने पनि उहाँको भनाई थियो । टीकापुर घटना […]
Author: bihani
रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी
काठमाडौं, चैत,५- साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको […]
बंगलादेशले आफ्ना नागरिकको शव आज लैजादै
काठमाडौं,चैत,५- यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव आज काठमाडौंबाट ढाका लगिँदैछ । ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ […]
बैजनाथ र जानकीका सामुदायिक बिद्यालयमा लैंङ्गिकता परियोजना शुरु
नेपालगञ्ज,चैत्र,४- जिल्लाका बिद्यालयहरुमा लैङ्गिकमैत्री व्यवहार सृजना गर्न उद्देश्यले लैंङ्गिक क्षमता बिषयक अभिमुखिकरण थालिएको छ । जिल्लाको बिभिन्न गाउँपालिकाका रहेका सामुदायक बिद्यालयहरुमा लैङ्गिकमैत्री कार्यलाई व्यवहारमा ल्याइ बिद्यालयको शिक्षण वातावरणलाई थप प्रभावकारी बनाउनका लागी लैंङ्गिक क्षमता बिषयक अभिुमखिकरण थालिएको हो । बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा कुनै प्रकारले भेदभावको अनुभव हुन नदिन तथा उनीहरुमा सबै समान हो भन्ने […]
एसईई परीक्षाका लागि १ हजार ९५६ केन्द्र निर्धारण
भक्तपुर,चैत,४- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि १ एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।आज राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाको तयारी पूरा भएको जानकारी दिएको छ। परीक्षा सञ्चालका लागि १ हजार ९५६ केन्द्रध्यक्ष, २ हजार ४५० सहायक केन्द्रध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० […]
मनाङेलाई पक्रिन रेडकर्नर नोटिस जारी
काठमाण्डौँ,चैत,४- प्रहरीले प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वा्चित ’फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी प्रवक्ता मनोज न्याैपाने जानकारी दिनुभयो । प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार […]
सी जिनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा एकमतले चयन
काठमाण्डौं,चैत, ३- चिनियाँ संसदले राष्ट्रपति पदमा सी जिन पिङलाई एकमतले चयन गरेको छ। नेसनल पिपुल्स कंग्रेसमा २९७० प्रतिनिधिले उनलाई मत दिएका थिए। पार्टीको विधानमा आफ्नो विचारधारा सम्मिलित गरेर र राष्ट्रपतिमा दुई कार्यकालको सीमा हटाएर शक्तिशाली बनेका सी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। त्यसैगरी सी जनवादी गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगको प्रमुख पनि चुनिएका छन्। […]
नेपालले पायो एकदिवसीय मान्यता
काठमाण्डौं,चैत,१- विश्वकप छनोट अन्तर्गत प्लेअफमा नेदरल्याण्डले भर्खरै हङकङलार्इ पराजित गरेसँगै नेपालले एकदिवसीय मान्यता पाएको छ। नेपालले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाएको हो। भर्खरै सम्पन्न दोस्रो प्लेअफमा नेदरल्याण्डले हङकङलार्इ ४४ रनले पराजित गरेसँगै नेपालले एकदिवसीय मान्यता पाएको हो। त्यसअघि प्लेअफकै अर्को खेलमा आज नेपालले पपुवा न्यूगिनीलार्इ ६ विकेटले पराजित गरेको थियो। पीएनजीले दिएको १ […]
मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने प्रधानमन्त्री ओलीको तयारी
काठमाडौं,चैत्र,२- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गर्नुभएको छ । सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि प्रधानमन्त्री ओलीले आज एमाले, माओवादी केन्द्र र संघीय फोरमलाई समेटेर सरकारलाई पूर्णता दिने तयार गर्नुभएको हो । केहि दिनयता प्रधानमन्त्री ओलीले माओवादी केन्द्र, संघीय फोरम र राजपाका नेताहरूसँग निरन्तर छलफल जारी राख्नुभएको थियो । राष्ट्रपति चुनावपछि सरकारलाई […]
तीनदिने सार्क उद्यमी सम्मेलन आजदेखि काठमाडौंमा
काठमाडौं,चैत्र,२- दक्षिण एसियाका व्यवसायीहरुको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ आजदेखि काठमाडौंमा सुरु हुदैछ । नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रीय लगानी र व्यापार साझेदारी बढाउन साकै चेम्बर अफ कसर्सले यो सम्मेलन आयोजना गरेको हो । तीन दिनसम्म चल्ले सम्मेलनमा सार्कका आठै राष्ट्रका उद्योग वािणज्यमन्त्रीका साथै औद्योगिक एवं आर्थिक क्षेत्रका वरिष्ठ व्यक्तिको सहभागिता रहने संघका […]










