काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

काठमाडौं,मंसिर,२३- काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी हुनुभएको छ । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी हुनुभएको हो । उहाँले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गर्नुभयो । प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत प्राप्त गर्नु भएको थियो ।

उपेन्द्र यादव दोब्बर मतान्तरले विजयी

काठमाण्डौं,मंसिर,२३- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी–२ मा पराजित गर्दै प्रतिनिधि सभामा विजयी हुनुभएको छ । विजेता यादवले२१ हजार ६ सय २० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८४ मत पाउनु भएको हो । फोरम अध्यक्ष यादवलाई मधेशी गठबन्धनको राजपाले र नेपाली […]

बाँके क्षेत्र नं. २ (ख) बाट काँग्रेस नेता हमाल विजयी

बाँके,मंसिर,२३- बाँके क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र हमाल विजयी हुनु भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार हमालले ९२११ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेश गुप्ताले ८४३२ मत ल्याउनु भएको थियो । हमाल ७७९ मत अन्तरसहित विजयी हुनुभएको हो । 

ताजा मतपरिणाम : कुन पार्टीले कती ठाँउ जित्यो ( नामावली सहित)

काठमाण्डौं,मंसिर,२३- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम धमाधम आइरहेको छन् ।  हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित प्रतिनिधि सभामा विजयी हुनेहरू नेकपा एमाले १.म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत २.मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)- ३.मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले) ४.मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार […]

काठमाडौं ३ ‘क’ बाट प्रदेशसभामा कांग्रेस नेता लामा विजयी

काठमाडौं,मंसिर,२३- नेपाली कांग्रेसले काठमाडौं  क्षेत्रबाट प्रदेशसभामा जित निकालेको छ । काठमाडौं क्षेत्र नं. ३ को ‘क’ बाट नेपाली कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी हुनु भएको हो ।  लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उहाका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याएका थिए ।

मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेता रिजाल विजयी

काठमाडौं, मंसिर,२३- मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल २४५७५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३९२३ मत प्राप्त गर्नु भएको थियो ।  मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३३,५२९ मत प्राप्त गरी विजयी भएका छन् ।उहाँका निकटतम् प्रतिद्वन्द्वी […]

ओखलढुंगामा भारी मतान्तरले यज्ञराज सुनुवार विजयी

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,२३- प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ । एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । खतिवडाले २७ हजार […]

गगन थापा विजयी

काठमाडौं,मंसिर,२३- काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी हुनुभएको हो । एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी थापा विजयी हुनुभएको हो ।  

काठमाडौं क्षेत्र नम्बर १ मा काँग्रेस नेता प्रकाशमान सिह विजयी

काठमाण्डौं,मंसिर,२३- सर्वाधिक चर्चाको रुपमा हेरिएको काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नेता प्रकाश मान सिह बिजय हुनु भएको छ । सिंहले १०,९३७ मत ल्याई बिजय हनुभको हो । उहाँले निकटतम् प्रतिद्धन्द्धि विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई ७१९ मत अन्तरमा पराजीत गर्नु भएको हो ।  मिश्रले १०२१८ मत प्राप्त गर्नु भएको थियो ।   

अहिले सम्म कुन पार्टीको कती सिटमा जित (नामावली सहित)

काठमान्डौं,मंसिर,२२- देशमा भएको पहिलो र दोश्रो चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म मतपरिणाम सार्वजनिक भएको १० स्थानमध्ये सबैभन्दा बढि नेकपा एमाले ७ स्थानमा विजयी भएको छ। यसैगरी, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्। प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले अझै खाता खोल्न सकेको छैन। यस्तै प्रदेसभा […]