काठमाडौं,फाल्गुन,२९-नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गर्नुभएको छ।सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उहाँले पदभार सम्हल्नु भएको हो। उहाँलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएको हो।पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। यसैविच:नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै गैरआवासीय राजदूत […]
Author: bihani
“ए”डिभिजन लिग : थ्री स्टार र खुमलटार विजयी
काठमाडौं,फाल्गुन,२९-शहीद स्मारक ए डिभिजन लिगमा सोमवार भएको खेलमा सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रामा थ्री स्टार क्लबले ब्रेक लगाएको छ । आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको एक मात्र गोल मद्दतमा दशरथ रंगशालमा भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हरायो ।आदित्यले ८९ औं मिनेटमा अन्जल महर्जनको कर्नरलाई सदुपयोग गर्दै गोल गरेका थिए । […]
प्रधानमन्त्री कप चैत ८ गतेदेखि हुने
काठमाडौं,फाल्गुन,२९-प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता यही चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा नेपालसहित, भुटान र लाओस सम्मिलित हुने जनाएको छ । दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेलेर उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ […]
थ्री नेसन्स कप चैत ८ गतेदेखि हुने
काठमाडौं,फाल्गुन,२९-नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने भएका हुन् […]
पपुवा न्युगिनीमाथी नेपालको सानदार जित
काठमाडौं,फाल्गुन,२९-घरेलु टिम नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो।नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएका हुन् । उनले २१ […]
सन्दीपको ५ विकेटमा नेपाललाई पिएनजीले दियो ९६ रनको लक्ष्य
काठमाडौं,फाल्गुन,२९-आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि ९६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन।पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो । पीएनजीका लागि कप्तान असद […]
आजको राशिफल ।। फाल्गुन २९ गते सोमवार
काठमाण्डौ,फाल्गुन,२९-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २९ गते सोमवार, (मार्च १३ तारिख ) चैत्र कृष्णा षष्ठी तिथि। आज फाल्गुन २९ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि […]
नेपालसंग नर्दन मारियाना आइल्याण्ड ६-० गोलले पराजित
काठमाडौं,फाल्गुन,२८-नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो। फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ । नेपालको जितमा दिपा शाहीले […]
मछिन्द्रसंग मनाङको र एनआरटीसंग आर्मीको रोमान्चक बराबरी
काठमाडौं,फाल्गुन,२८-शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि साविक विजेता मछिन्द्र एफसी जित बिहीन बनेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा आइतबार मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै अंकको खाता भने खोलेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्र र मनाङले गोलरहित बराबरी खेलेका हुन्।दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि […]
नेपाललाई विश्वकपमा पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले एकलाख दिने
काठमाडौं,फाल्गुन,२८-यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एकलाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका […]

