आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भीड

काठमाण्डौं,कार्त्तीक,१४- कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी […]

एएफसी यू–१९ फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने

काठमाडौं, कात्तिक ,१४- एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेल आजबाट कीर्गिस्तानमा हुँदैछन् ।नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ । गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् ।एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग […]

कैलालीको बर्दगोरीयामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

पवन मुडभरी / बौनिया,कार्तिक,१३- कैलालीको बर्दगोरीया गाउपालिकामा हुने जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता २०७४ को सम्पुर्ण तयारी पुरा भएकोे छ । यही कार्तिक १५ गते देखी ३० गतेसम्म जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनियाको आयोजना मुडा खेलमैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा कैलाली जिल्लाका निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहने छ । राष्ट्रका लागी […]

उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ८ को मृत्यु, ३ घाइते

उदयपुर,कात्तिक,१३- उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । घाइते हुनेमा चालकसहित एक जना महिला र ३ […]

अपडेट : गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते

गुल्मी, कात्तिक १३- बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस आज गुल्मीको बीरवासमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो । बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनामा अरु पाँचजना […]

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउन छलफल

मेरिल्याण्ड,कात्तिक,१३- नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष […]

फोरम र राजपालाई उम्मेदवार जोगाउन कठिन

काठमाडौं,कार्तिक,१३- प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ । दलका उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेदवार धेरै छन् । जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक अर्कालाई पर्खिंदै छन् । दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट […]

प्रदेश र प्रतिनिधिसभाका लागी छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

काठमाडौं, कात्तिक १२- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने भएको छ । सर्वोच्च अदालतले गत बुधबार छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा के कस्तो प्रगति भएको भन्दै विवरण मागेपछि आयोग सर्वोच्चको आदेशअनुसार अघि बढ्ने निर्णयमा पुगेको हो । यसअघि आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्न सुरु गरेको थियो […]

लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु

पवन मुडभरी/ बौनीयाँ,कार्तिक,१२- कैलालीको लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालीका ५ तिलकपुर स्थित कान्छीबजार निवासी २८ वर्षका नवल सिंह बुढाको उपचारका क्रममा लाल रत्न अस्पताल लम्कीमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैन बहादुर साउंदले जानकारी दिनुभएको छ । डुंडेझारी जंगलको आधाकिलोमिटर […]

वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क तालिम

काठमाडौँ, कार्तिक,१२- वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो।तालिम सञ्चालन […]