नेपालगञ्ज कार्तिक ८- नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पहलकदमी थालेको छ । शिक्षा सम्वद्ध अधिकारी, शिक्षक र अभिभावकको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले आज निजी विद्यालयहरुको संगठन प्याव्सन, एन प्याव्सन लगायत सम्वद्ध सरोकारवालासँग आवशयक परामर्श गर्नु भएको हो । निजी र सरकारी विद्यालयको […]
Author: bihani
एमाले ,माओवादीको वामगठबन्धन नभई दामगठबन्धन हो : विप्लव
काठमाण्डौं,कार्त्तीक,८- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाउनु भएको छ । आज काठमाडौंको टुँडिखेलमा एक सयौं अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजित बृहत्त आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘एमाले र माओवादी केन्द्रवीच […]
गगन थापा नेपाली कांग्रेसको पार्टी प्रवक्ता बन्ने
काठमाडौं,कार्त्तीक,७- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा आएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापालाई पार्टी प्रवक्ता बनाउन लाग्नु भएको छ । पार्टी सभापति निर्वाचित भएको झण्डै एक वर्ष हुन लाग्दा पनि पार्टी पदाधिकारीसमेत पूर्णता दिन नसकेका देउवाले चुनावमा मुखमा आएर कांग्रेसका प्रखर वक्ता मानिने थापालाई प्रवक्ता बनाउन लाग्नु भएको हो । पार्टी […]
घोराहीमा निमार्ण हुन लागेको सभागृह निर्माणले गति लिदै
नरेश खड्का/ दाङ, कार्तिक,७- दाङको घोराहीमा सभागृह निर्माणले गति लिएको छ । अबको २० महिना भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले सभागृहको काम सुरु गरेको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा सुरु भएको सभागृह बंगलामुखी गौरी पार्वती निर्माण कम्पनीले अबको १८ देखि २० महिना भित्रमा सम्पुर्ण निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको […]
मलेसियामा नेपाली र इन्डोनेसियन कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौं, कात्तिक ७- मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ । नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जनाको मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी […]
फिफा वेष्ट प्लेयर अवार्ड क्रिष्टियानो रोनाल्डोलाई
काठमाडौं,कार्त्तीक,७- विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि […]
छठ पर्व आजबाट सुरु
काठमाडौं, कात्तिक ७- मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत […]
जापानी प्रधानमन्त्री आबेको सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत
जापान,कार्तीक,६- जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ । गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा […]
आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा
काठमाडौं, कात्तिक ६- इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । लण्डन क्लब आर्सनलले एभर्टनलाई उसैको मैदानमा ५–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन नाचो मोन्रीयाल, मेसुत ओजिल, अलेक्सिस सान्चेज, अलेक्जेण्डर लाकाजेट र आरोन राम्सेले एक–एक गोल गरे । एभर्टनका वायन रुनी र ईद्रीसा गुवेले एक–एक गोल गरे […]
२८ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण पदक प्राप्त गर्यो
काठमाडौं,कार्तीक,५- संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २७ गतेबाट कार्तिक ५ गतेसम्म सञ्चालन भएको विश्वस्तरीय सैन्य अभ्यास (Exercise Cambrian Patrol 2017) मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो। युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस […]










