एमालेले मधेस र पहाडका जनतालाई लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको प्रधानमन्त्रीको आरोप

जनकपुर, साउन,२०- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको हठका कारण संविधान सशोधन प्रस्ताव पारित हुन ढिलाइ भएको बताउनु भएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाउनुभयो । उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने […]

दोस्रोपटक भोट हालेपछि मतदाताले भनेः हाम्रो मत खेर नजाओस्

चितवन,साउन,२०- भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो । उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भन्नुभयो–“दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उहाँको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका […]

भरतपुर–१९ मा आज पुनः मतदान हुँदै :सुरक्षा व्यवस्था कडा

भरतपुर,साउन,२०- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा आज पुनः मतदान हुँदैछ । पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो  । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा भएको घिमिरेले जानकारी दिनुभयो । बिहीबार बिहानैदेखि वर्षा भएपनि चुनौतीका बाबजुद् तयारी पूरा […]

जुम्लामा छ करोड ५९ लाख राजस्व संकलन

जुम्ला,साउन,१९- करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३÷०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो । […]

चीनद्वारा भारतलाई चेतावनी

काठमाडौं,साउन, १९- चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा विवाद चर्किरहेको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार ‘भारतीय सीमा सुरक्षा बलले चीन–भारत सीमा क्षेत्रको उल्लंघन गरी चीनको भू-भागमा प्रवेश गरेको तथ्यगत प्रतिवेदन र चीनको अडान’ शीर्षकमा […]

धनकुटा देशकै सबैभन्दा सफा सहर, इलाम दोस्रोमा

इलाम, साउन ,१८- सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला […]

भरतपुर-१९ को मतदान शुक्रबार हुने :आजदेखि मौन अवधि सुरु

काठमाडौं, साउन,१८- भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको नयाँ मिति निर्धारण भएसँगै आज बिहान ७ बजेबाट मौन अवधि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अव आजदेखि प्रचार प्रसार गर्न पाइनेछैन । निर्वाचन मिति तय भएलगत्तै निर्वाचन […]

यो बर्ष पनि चन्द्रौटा डुभानको जोखिममा अर्को साल बाट जोखिम नहुने : नगर प्रमुख

अराज सिंह बेल्वासे, चन्द्रौटा,साउन,१७- बर्षा भए पछि जम्मा हुने पानीको निकास नहुदाँ चन्द्रौटाबासी हरु डुभानको उच्च जोखिममा परेका छन पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदाँ पानीको निकास बन्द हुदाँ डुवानको उच्च जोखिममा परेको हो । सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभाबि माटो फाल्दा नालि हरु […]

फेसबुकमा शेरे नामले चर्चित व्यक्ति को हुन् ? उनको बास्तविकता यस्तो छ।

काठमाण्डौं,साउन,१६- हरेक दिन सामाजिक संजाल फेशबुक , टूविटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ । नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएका छन् होला । जसमा फोटो सहितको हाँस्यव्यंग्य पढ्दा निकै हास्नु हुन्छ होला । तर, यी को हुन् भन्ने […]

जिल्ला समन्वय परिषद्’ थप उम्मेदवार छनौटमा एमाले

काठमाडौं,साउन,१६- नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा ‘जिल्ला समन्वय परिषद्’ का थप उम्मेदवारको टुंगो लगाइने प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकमा पछिल्लो राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि छलफल हुने प्रमुख भट्टराईले बताउनुभयो […]