बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिई राहत वितरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौं,साउन,३१- बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । आज राहत प्रक्रियाका बारेम बुझ्न र निर्देशन दिन हवाई अड्डा निर्देशनालय पुगेका गृहमन्त्री शर्माले सबैलाई न्यायोचित रुपमा राहत वितरण गर्न र बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिन निर्देशन दिनु भएको हो ।  बढी पीडितले राहत नपाएको गुनासोसँगै राहत ढुवानीमा समस्या आएको […]

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता

काठमाडौं, साउन,३१- नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् ।नेपाल र चीनबीच आज राजधानीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर […]

चीनले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं, साउन, ३१- चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायता स्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । आज राजधानीमा शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नु भएको छ […]

संविधान संशोधन प्रस्ताव आज संसदमा पेस नहुने

काठमाडौं,साउन,३१- सरकारले संविधान संशोधन प्रस्ताव आज बस्ने व्यवस्थापिका संसद् बैठकमा पेस नगर्ने भएको छ । दिउँसो १ बजेबस्ने बैठकमा सत्तारुढ दल र राजपाबीच संविधान संशोधन विधेयक निर्र्णायार्थ प्रस्तुत गर्ने यसअघि सहमति भएपनि आजको बैठकमा भने पेस नहुने भएको हो । प्राकृतिक प्रकोपले देशमा ठूलो जनधनको क्षति भएको र सरकार उद्धार तथा राहतमा जुट्नु परेकाले तत्काल […]

डा.केसीको आज अनशनको २३ औं दिनपनी जारी

काठमाडौं,साउन,३१- चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.गोविन्द केसीको अनशन आज २३ औँ दिनपनि जारी छ । उहाँ अहिलेसम्मकै सबैभन्दा लामो अनशन बस्नु भएको हो ।चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै ११ औ पटक अनसन बस्नुभएका केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । तर, सरकार उदासीन हुँदा वार्तासमेत बस्न छाडेको छ । बार्ता समिति गठन भएको सुरुवाती दिनमा […]

बाढी-पहिरोका कारण मत्यु हुनेको संख्या १ सय १५ पुग्यो

काठमाडौं,साउन,३१- अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी पहिरो र डुबानमा परेर २५ घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । यस्तै २ हजार ८ सय ४७ घरमा पूर्ण क्षति भएको […]

डाईनामिक युथ क्लवले गर्‍यो तिज कार्यक्रम संगै बाढी पिडितलाई राहत संकलन

कोहलपुर,साउन,३०- श्री कृष्ण जन्मअष्ठमिको शुभ अवसर पारेर डाईनामिक युथ क्लवले तिज विशेष कार्यक्रम तथा बाढी पिडित लाई राहात संकलन कार्यक्रम सम्पन्न गरेको छ । जसबाट उठेको सम्पुर्ण रकम छिट्टैनै बाढी पिडित समक्ष पुर्‍याउने डाईनामिक युथ क्लबका अध्यक्ष भुवन भट्टराईले जानकारी दिनुभयो  । कार्यक्रम कोहलपुर ३ मदनचोक बाँकेमा सोमबार सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा […]

सेनाका जवानबीच विवाद हुँदा पोखरामा गोली चल्यो, एक जनाको मृत्यु

पोखरा, साउन ३१- पोखराको रत्नमन्दिर ब्यारेकका एक सैनिकले गोली हानेर सहकर्मीको हत्या गरेका छन् । रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले सहकर्मी गणेश बिष्टलाई गोली हानेर हत्या गरेका हुन् । दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई सात राउण्ड गोली हानेकोमा चार वटा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि […]

आफ्नै परिश्रमले घरपरिवार चलाउदै आएकी सुर्जा परियारको घरनै रहेन

केपि खनाल क्षेत्र/ लम्किचुहा कैलाली ,साउन,३१- लामो समय देखि देशभरी आएको बाडीपहिरोले जनताको जनजीवन कष्टकर बनायो नै त्यसगरी हिजो राती आएको हावाहुरी सङगैको वर्षाले लम्किचुहा नगरपालिका वार्ड ०३ व्यवस्थित नगरमा बिगत लामो समय देखि आफु एकल महिला भएर घरमै सिलाई कटाई गर्दै आफू र आफ्नो परिवारको पेट गुजारा गर्नु भएकी सुर्जा परियारको घर भत्किएको छ […]

राहत प्रयाप्त नभए पछि फत्तेपुरमा सोमबार पुगेको राहत वितरण भएन्

सिमा घर्ति/ बाँके,साउन,३०- बाकेका बाढीपिडितहरुको उद्वार गर्ने र उनीहरुलाई राहात वितरण गर्ने कार्य सोमबार देखि सुरु भए पनि फत्तेपुरमा नेपाली सेनाको हेली कप्टरले छाडेको खाद्यान्न प्रयाप्त नभएको भन्दै बितरण गर्न कठिन भएको वडा अध्यक्ष राम लखन थारुले बताएका छन् ।शुक्रबार साझ देखि परेको भारी बर्षातका कारण राप्ती नदी तथा स्थानीय खोलाहरुमा आएको बाढीका कारण बाकेका […]