बाँकेका गाउँपालिका स्तरमा उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता

नेपालगञ्ज,असार, ४- बाँकेका गाउँपालिका स्तरमा समेत उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता गरिएको छ । ६ वटा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा काङग्रेसका तर्फबाट गाउँपालिका प्रमुख, उपमेयर र वडा अध्यक्ष उम्मेदवारहरुले उत्साह र शान्तिपूर्ण रुपमा पूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । वैजनाथ गाउँपालिकामा एमाले र माओवादी कार्यकर्ताबीच झडपपछि केही अशान्ति भएको थियो । कोहलपुर नगरपालिकामा काँगे्रसका तर्फबाट […]

बाजुरामा काँग्रेस एमालेका कार्यकर्ताबीच झडप, एकको मृत्यु दर्जनौ घईते

बाजुरा,असार,४- बाजुराको छेडेदह गाउँपालिकाकाको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा छेडेदह गाउँपालिका ५ का ५० वर्षका हंशबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो ।  नारावाजी गर्दै आइरेहेका दुई दलका कार्यकर्ताबीच पहिला हात हालाहाल भएको र पछि ढंगामुढा र घरेलु हतियारसहित मुठभेड भएको थियो । झडपमा […]

चर्चित मोडल थापाको अभिनयमा एकै दिन दुईवटा म्युजिक भिडियो सार्बजनिक

सिर्जना बर्देवा, ओखलढुङगा,असार, ४- बाग्लुङ्गको गल्कोटमा जन्मीएका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा एकै दिन दुईवटा उत्कृष्ट लोक दोहोरी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । एक घण्टाको फरकमा सार्बजनिक भएको म्युजिक भिडियोहरु निकै उत्कृष्ट रहेको छ । “रुमालैले छेक्नी” र “पराई” बोलको गितमा प्रेम जोडीहरुको कहानीलाई देखाईएको छ । “रुमालैले छेक्नी” बोलको गित अत्यन्तै मार्मिक […]

बाँकेमा दोस्रो चरणको निर्वाचनका लागि दलहरुद्वारा उम्मेदवारी दर्ता

बाँके,असार,४- स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा काँगे्रस लगायतका दलका तर्फबाट उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराईरहेका छन् । नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जमा सबै भन्दा पहिले काँगे्रसका तर्फबाट उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेस बाँकेका तर्फबाट नेपालगन्ज उपमानगरपालिकाको मेयर […]

नवलपरासीमा राजापाका २० जना पक्राउ

नवलपरासी, असार ४- राष्ट्रिय जनता पार्टीका नवलपरासी जिल्ला अध्यक्ष पुरन चौधरीसहित २० जनालाई प्रहरीले  आज पक्राउ गरेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको हुनसक्ने प्रहरीले आशंङका गरेको हो ।

ब्रेकिङ न्यूज : बाँकेमा काँग्रेस उम्मेदवारले दलबलसहित मनोनयन दर्ता गर्दै

बाँके,असार,४- आज बाँकेमा बिभिन्न राजनीतीक दलका उम्मेदबारहरुले मनोनयन दर्ता गर्दैछन् । आठ स्थानीय तह र ८१ वटा वडा रहेको बाँकेमा काँग्रेस उम्मेवारले आज दलबलसहित मनोनयन दर्ता गर्दैछन । नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसले विहान ११ बजे क्षेत्रीय निर्वाचन कार्यायलमा उम्मेदवारी दर्ता गर्दैछ । मेयरमा चर्चित डाक्टर सुरेशकुमार कनोडिया र उपमेयरमा युवा नेतृ उमा थापामगरलगायत २३ वटै वडाका […]

पश्चिम दाङमा निर्वाचन सामाग्री लुटियो

 नरेश खड्का, दाङ,असार,४- शान्ति नगरगाँउपालिका दाङमा खटिएका २ जना मतदाता शिक्षा कार्यकर्ताबाट मतदाता शिक्षा सामाग्री लुटिएका छन् । शान्तिनगर गाँउपालिका वडा नम्वर ३ मा खटिएका बिमला खडका केसी र गीता भण्डारीलाई एक समुहले शनिबार बिहान ११ बजेतिर लुटेका हुन । मुखमा पट्टी बाध्येका ४÷५ जनाको एक समुहले उनिहरुको साथमा रहेका मतदाता शिक्षा सामाग्री लुटेको बताईएको […]

लाठी जुलुस प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरु रिहा गर्न थर्ड एलायन्सको माग

बाँके ,असार ३- जेष्ठ स्थानीय तहको निर्वाचन बहिष्कारमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार अपरहन्न गरेको लाठी जुलुस प्रदर्शनका क्रममा प्रहरीले १३ जिल्ला नेताहरुलाई पक्राउ गरेको छ ।त्रिभूवन चोक नजिकै रहेको पार्टी कार्यालयबाट लाठी जुलुस प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा केन्द्रीय सदस्य रामकुमार दीक्षित, जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु केशवराम […]

समाचार लेखेकै आधारमा सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्ट प्रहरी हिरासतमा

होम योगी, महेन्द्रनगर,असार,३- प्रहरी ज्यादतीविरुद्धको समाचार लेखेकै भरमा दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्ट पक्राउ परेका छन्। मदिरा खाएर होहल्ला गरेको’ भन्दै प्रहरीले दुई युवतीलाई सार्वजनिक मुद्दा चलाएको र त्यसपछिकाक घटनाक्रमलाई लिएर दैनिक मानसखण्डमा प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई शनिबार दिउँसो फरफरक स्थानबाट पक्राउ गरेको हो। […]

सम्पादक खेम भण्डारी प्रहरी हिरासतमा

होम योगी, महेन्द्रनगर, असार ३- दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। ‘सार्वजनिक अपराधको अनुसन्धानको शिलशिलामा’ भन्दै प्रहरीले सम्पादक भण्डारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले सम्पादक भण्डारीलाई भीमदत्त नगरपालिका १८ कटानस्थित दैनिक मानसखण्डको कार्यालयबाटै पक्राउ गरेको हो। २०/२५ जना प्रहरीको टोली पक्राउ पूर्जी […]