काठमाडौं,जेठ, ३१- राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउन शीर्ष दलहरुले आज पनि वार्ताको प्रयास जारी राख्ने भएका छन् । निर्वाचन छोडी आन्दोलमा होमिएको राजपालाई सहमतीमा ल्याउन प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता गठनबन्धनले आज निर्णायक वार्ता गर्ने भएका हुन् । स्थानीय तह दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलन थालेको राजपासँग सत्ता गठबन्धन र विपक्षी एमालेले आज […]
Author: bihani
जेठ मसान्त सम्म बाजुराको विकासे योजनाको ८० प्रतिशत काम सम्पन्न
रमित बि.क. बाजुरा,जेष्ठ ३१- बिकासमा पछाडी पारिएको भनिएको बाजुराको विकासे बजेट यो वर्ष सिघ्र कार्यान्वयन भएको बताईएको छ । बाजुराका झण्डै ७ सय बढि आयोजना मध्ये जेठको अन्तिम सम्म ८० प्रतिशत काम सम्पन्न भएको जिल्ला समन्वय समितिका संयोजक एवं साविकका स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ । जिल्लामा सञ्चालित योजना मध्ये प्राःयजसो योजना मठ […]
निर्वाचन आचारसंहिता उल्लघन नगर्न जिल्ला निर्वाचन कार्यालय बाजुराको अनुरोध
रमित बि.क. बाजुरा,जेष्ठ ३१- जिल्ला निर्वाचन कार्यलय बाजुराले निर्वाचन आयोगको आचार संहिता उल्लघन नगर्न दलहरुलाई जानकारी गराएको छ । राजनीतिक दलका प्रतिनीधिको उपस्थितीमा गत आईतवार दिउसो जिल्ला प्रसासन कार्यालय बाजुरामा भएको सर्बदलीय बैठकको सहमती अनुसार: आचारसंहिता उल्लघन नगर्न सार्वजनिक सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकृत शुुभद्रा शर्मा गौतम द्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । […]
अबको बाटो आर्थिक सम्बृद्धिको : युवा नेता पाण्डे
रमित बि.क. बाजुरा,जेष्ठ ३१, व्यबस्थापिका सांसद एवंम नेपाली कांग्रसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले नेपाली कांग्रेसको अबको बाटो आर्थिक तथा समाजिक समृद्धिको रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बझाङ्ग शाखले मंगलवार विहान बझाङ्गको चैनपुरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै यस्तो बताउनुभएको हो । नेपाली कांग्रेसले विगतमा राष्ट्रिय राजनीति परिवर्तनका लागि राजनीतिक एजेण्डाको अगुवाई गर्दे देश […]
महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव
होम योगी, महेन्द्रनगर,जेठ,३०- महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव रहेको सुनेर महेन्द्रनगर पुगेका तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालमा तत्काल विशेषज्ञ डाक्टर पठाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन उनको कार्यकालमा पूरा हुन सकेनन् । सरकार फेरिएसँगै स्वास्थ्यमन्त्री गगन थापा मन्त्रालयको जिम्मेवारीबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्री गगन थापाले आश्वासन कार्यान्वयन गराउन नसकेको अवस्थामा गत […]
कञ्चनपुरको हिरासतमा रहेका कञ्चन र पूजा प्रहरीको विशेष निगरानिमा
होम योगी, महेन्द्रनगर, जेठ,३०- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कञ्चन नाथ र पूजा नाथलाई प्रहरीले विशेष निगरानिमा राखेको छ । आज पनि उनीहरुलाई कसैसँग भेट्न दिइएको छैन । उनीहरुलाई कानुन व्यवसायी राख्ने अधिकारबाट समेत बञ्चित गरिएको छ । माथिको आदेश भन्दै कसैलाई पनि उनिहरुलाई भेट्न दिइएको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी […]
दुई वर्ष विति सक्दा पनि राहत नपाएको बाढी पिडितको गुनासो
मधुपौडेल, बाँके,जेठ,३०- दुई वर्ष विति सक्दा पनि बढि पिडितले कुनै राहत नपाएको एक तालिमको समापनमा बताएका छन । खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने तालिमाको समापनमा बोल्दै सहभागिले उक्त कुरा बताएका थिए । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेद्धारा आयोजित तथा ईयुडिसिएको सहयोगमा तालिम सोमबार र आज बाँकेको कम्तिमा भएको थियो […]
निर्वाचनलाई भयरहित सम्पन्न गर्न राजपालाई डा. कनोडियाको आग्रह
बाँके ,जेठ ,३०- आफ्नो प्रचारमा रहेको सवारी साधन तोडफोड भएपछि नेपालगन्ज उपमहानगरपालिकाका काँग्रेसका मेयर उम्मेदवार डा. सुरेश कुमार कनोडियाले राजपाका नेताहरुलाइ भेटि आम जनताले निर्वाचनको पक्षमा रहेकाले हिसां र आन्दोलन त्यागी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । आज विहान नेपालगन्जको त्रिभुवन चोकमा डा. कनोडियाको सवारी साधनमा तोडभोड गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेका राजपा नेता रौनियारलाइ […]
शोषण,दमन र धार्मिक हिंसाका कारण देश द्धन्द्धमा फसेको माओवादी नेता : पोखरेल
रमित बि.क. बाजुरा ,जेष्ठ ,३०- नेकपा माओवादीका स्थायी कमिटी सदस्य एवंम केन्द्रिय सदस्य लिलामणी पोखरेलले यो देश शोषण,दमन र धार्मिक हिंसाका कारणले द्धन्द्धमा फसेको बताउनुभएको छ ।ं सोमबार नेकपा माओवादी केन्द्र बडिमालिका नगरपालिकाको चुनावी सभालाई संबोधन गदै उहाँले यस्तो बताउनुभएको हो । माओवादी जस्तै अरु दलले सही एजेण्डामा काम गरे यो देश द्धन्द्धमा नफस्ने समेत […]
केन्द्र संचालनमा प्रधानध्यापकले जिम्मेवारी निर्वाह गर्ने
भिष्म लोध, नेपालगञ्ज,जेष्ठ,३०- बाल बिकास केन्द्र संचालनका लागि स्थानीयस्तरका सबै बिद्यालयहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । पछिल्लो समय जिल्लामा कतिपय बाल बिकास केन्द्र बन्द भएर नै तलब बुझिरहेको गुनासोमा आएकाले स्थानीयस्तरमा रहेका नजिकका बिद्यालयका प्रधानध्यापकहरुले संचालनका लागि जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइएको हो । सोमबार नेपालगञ्जममा एको बाल बिकास केन्द्र व्यवस्थापन […]










