काठमाण्डाैं,असार,५- प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपाल २४ स्वर्णसहित टिम च्याम्पियन बन्यो । आईडब्लुएफएन कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्णसाथ भारत दोश्रो भयो । १ स्वर्ण जितेको भुटान तेश्रो स्थानमा रह्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिताको पुरुषमा राजेन्द्र राई तथा महिलामा शिवा भण्डारी उत्कृष्ट खेलाडी चुनिए […]
Author: bihani
ओलम्पिक दिवसमा खेलाडीलाई ट्राफिक सचेतना
काठमाडौं, असार ,५- नेपाल जुडो संघले ओलम्पिक दिवसका अवसरमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा जुडोका खेलाडीहरुलाई प्रहरी सहायक निरीक्षक कृष्णकुमार शर्माले ट्रफिक व्यवस्थापनका नियम बारे जानकारी गराएका थिए । विशेष गरी पैदाल यात्रीहरुलाई जेब्रा क्रसबाट बाटो काट्ने तरिका बारे जानकारी […]
फिफा कन्फेडेरेसन कपमा जर्मजी र अष्ट्रेलिया भिड्दै
काठमाडौं, असार,५ – रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबल अन्र्तगत आज जर्मजी र अष्ट्रेलियाबीच खेल हुने भएको छ । एसियन कप विजेता अष्ट्रेलियाले, आज विश्वकप विजेता जर्मनीको सामना गर्ने भएको हो । यसअघि गएराति सम्पन्न खेलमा चिलीले विजय सुरुआत गरेको छ । मस्कोमा भएको खेलमा चिलीले क्यामरुनलाई २– ० ले पराजित गर्दै विजय सुरुआत गरेको […]
घुर्की देखाएर जनताको भविष्यमाथि खेलवाड नगर्न काँग्रेस नेता महतको चेतावनी
काठमाण्डाैं,असार, ५- नेपाली काँग्रेसका नेता रामशरण महतले आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिनु भएको छ । धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतले आन्दोलनरत राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले प्रजातन्त्रमा सबैको चित्त बुझाउन नसकिने भन्दै सारिएको मितिमा […]
विश्वभर शरणार्थीको संख्या हालसम्मकै उच्च भएकाे संयुक्त राष्ट्रसंघको तथ्याङ्क
एजेन्सी,असार, ५- विभिन्न कारण आफ्नो मूल बसोबास छोडेर बिस्थापित हुनेको संख्या विश्वभर हालसम्मकै उच्च भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोगले सन् २०१६ सम्म विश्वभरमा शरणार्थी तथा आन्तरिक रुपमा बिस्थापित हुनेको संख्या ६ करोड ५६ लाख पुगेको जनाएको छ । राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै बिस्थापित हुनेको संख्या ३ लाखले बढेको […]
स्कटल्याण्ड एबर्डिनमा नेपाली कक्षा सञ्चालनको तीन वर्ष पूरा
स्कटल्याण्ड, असार,५- बेलायतको स्कटल्याण्ड एबर्डिनमा नेपालीहरूको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालिकाहरूलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको तीन वर्ष पूरा भएको छ। नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देश्यले हरेक दुई सातामा दुई घण्टाको दरले एसोसिएसनले विगत तीन वर्षदेखि कक्षा सञ्चालन गर्दै आएको छ। एसोसिएसनले नेपाली अभिभावकहरूकै सहयोग लिएर स्वयंसेवक […]
बझाङमा काँडा गाँउपाली ५ बाट एमालेको विजयी सुरुवात
होम योगी, बझाङ, असार,५- नेकपा एमाले बझाङको काँडा गाँउपालीका ५ मा प्यानल निर्विरोध निर्वाचित भएको छ । काडाँ गाउँपालिका ५ मा एमालेका वडा अध्यक्ष धन्नजय बोहराको प्यानल निर्विरोध निर्वाचित भएको स्थानीय गोरख बहादुर बोहराले बताए । आईतबार भएको मनोनय दर्तामा काडाँ गाउँपालिका ५ बाट अन्य दलको उम्मेदवारी उम्मेदवारी नपरेपछि एमालेका वडा अध्यक्ष पदका उम्मेदवार धन्नजय […]
नक्कली सिआइवी बनी काठमाडौंमा लुटपात गर्ने दाङका कुलानन्द र आसिका पक्राउ
नरेश खड्का, दाङ, असार ,५- सिआइवी प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाभित्र ठगी र अपहरण धन्दा मच्चाउने गिरोहलाई प्रहरीले पक्रेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्रेको हो । पक्राउ पर्नेमा साविक सैघा–६ दाङका ३१ वर्षीय कुमानन्द भन्ने कोमानन्द खड्का, दाङ घोराही–३ की १९ वर्षिया शुरु केसी भनिने असिका परियार, […]
दाङमा मध्यरातमा बिप्लबद्वारा उम्मेदवारहरुकाे घर-घरमा कालाे झन्डा
नरेश खड्का, दाङ, असार,५- कथित स्थानीय चुनावको खारेज माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडेको छ ।दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेद्वारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ । तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष उपाध्यक्ष […]
दाङका दशवटै तहमा शान्तिपूर्वक मनोनयन दर्ता (नामावली सहित)
नरेश खड्का, दाङ,असार, ५- स्थानीय तह निर्वाचनका लागि दाङमा सबै तहहरुमा शान्तिपूर्वक उमेद्धारी दर्ता भएको छ । मुख्य दलहरु सँगै साना दलहरु र स्वतन्त्ररुपबाट नेताहरुले उमेद्धारी दर्ता गराएका छन् । उमेद्धारहरु बाजागाजा र मतदाताहरु सहित मनोनयन गर्ने स्थलमा पुगेका थिए । जिल्लाका १० स्थानीय तहमा दलहरुले दर्ता गराएको उमेद्धारी हेर्नुहोस । नेपाली कांग्र दाङले दश […]










