इजरायल जाने कामदार छनौटमा अनियमितता भएको रिटमा सर्बोच्चले गर्यो कारण देखाउ आदेश

काठमाण्डौ,पुष,२-इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्बोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सबोच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने बारेमा छलफल गर्न यही पुस ५ गरे दुवै पक्षलाई बोलाएको छ । सवोच्च अदालतका न्यायाधिस हरि प्रसाद फुयालको इजलासले उक्त अहादेश दिएको हो […]

दुई ओटा जापानी कारखानामा टोयोटाले रोक्यो उत्पादन

टोकियो,मंसिर,२४-जापानी अटो निर्मा कम्पनी टोयोटा मोटर कर्पोरशनल जापानमा रहेका दुई ओटा कारखानामा उत्पादन रोकेको छ।आपूर्ति अभावका कारण यस्तो कदम चालिएको कम्पनीका प्रवक्ताले बताएका हुन् ।  यसको अर्थ डिसेम्बरमा टोयोटाले यसअघि योजना बनाएअनुसार सामान्य स्तरमा उत्पादन गर्न सक्दैन।कम्पनीले यस अघि सात महीनामा पहिलो पटक डिसेम्बरमा उत्पादन सामान्य स्तरमा फर्किने अपेक्षा गरेको थियो।बुधवार दुई कारखानाहरुमा उत्पादन रोकिएको […]

स्विजरल्याण्डमा “आत्महत्या मेसिन”लाई मान्यता, पीडारहित एक मिनेटमै मार्न सक्ने

जेनेभा,मंसिर,२२-स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो। कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्। हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित […]

मेस्सी र एमबाप्पे चम्किदा पिएसजी संग ब्रुग क्लव ४-१ ले पराजित

एजेन्सी,मंसिर,२१-लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले बचाएपनि रिबाउन्डलाई […]

बिश्वकै ठूलो विविधतायुक्त अन्तरधार्मिक शान्ति प्रार्थना र्याली सम्पन्न

सियोल,मंसिर,२०-बिभिन्न धर्म परम्पराका विश्वभरबाट बीस हजार भन्दा बढी धार्मिक नेताहरूले विश्वव्यापी रूपमा शान्तिको लागि प्रार्थना गरेका छन ।“कोरियाली प्रायद्वीपको पुनः एकीकरण र शान्तिका लागी अन्तरधार्मिक सभा विषयक समारोहमा शान्तिको लागि कामना गरिएको हो । दश लाख भन्दा बढी मानिसहरूले विभिन्न सामाजिक सञ्जाल र मिडिया प्लेटफर्महरू मार्फत प्रार्थना ¥यालीमा भाग लिएका थिए ।  जबकि दक्षिण कोरियाको […]

म्यानचेस्टर युनाईटेड संग आर्सनल ३-२ गोल अन्तरले पराजित

काठमाडौं,मंसिर,१७-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले घरेलु मैदानमा आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा एक गोलको सुरुआती अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । जसमा युनाईटेडका क्रिस्टियानो रोनाल्डो नायक बने । खेलको १३ औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका […]

मेस्सीलाई सातौं पटक बालोन डी ओर

काठमाडौं,मंसिर,१४-फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड […]

रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते

एजेन्सी,मंसिर,१०-रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो । घटनामा ४९ मजद्र घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न […]

ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना विश्वकपमा छनोट

काठमाडौं,मंसिर,१-ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेल्दै अंक बाढेका थिए । अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो । यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।शीर्ष स्थानको […]

टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश

एजेन्सी,कार्तिक,२५-पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार […]