काठमाण्डौं,कार्तिक,२०-इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको म्यानचेस्टर डर्बीमा सिटीले बाजी मारेको छ। ओल्डट्राफोर्डमा भएको खेलमा खेलमा सिटीले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा एक गोल युनाइटेडका एरिक ब्यालीले आत्मघाती उपहार दिए। सिटीका खेलाडीले सातौँ मिनेटमा प्रहार गरेको क्रस बल जोगाउने क्रममा ब्यालीले आफ्नै पोस्टतर्फ हानेका थिए। त्यसपछि खेलको ४६ औँ मिनेटमा […]
अन्तराष्ट्रिय
टोकियोमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्ती पक्राउ
जापान,कार्तिक,१४-जापानको टोकियोको स्थित पश्चिमी सहर चोफुमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कम्तीमा ६ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ । घटना राति करिब ८ बजेतिर भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार ट्रेन कोकुरियो स्टेशन नजिकै केयो रेलवे लाइन मा चलिरहेको […]
भारतमाथि पाकिस्तानको सानदार जित
काठमाडौं,कार्तिक,८-पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो । यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको […]
कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा
एजेन्सी,कार्तिक,४-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएका हुन् । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको तर्क छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ […]
जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि
जापान,कार्तिक,४-गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा निर्यात १३ […]
अमेरिकामा नेपाली व्यवसायीको गोली हानी हत्या
काठमाडौं,कार्तिक,३-अमेरिकाको बोस्टन शहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो । बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको बताइएको छ […]
कंगोमा डुंगा दुर्घटना, १ सय भन्दा बढीको मृत्यु भएको अनुमान
एजेन्सी,असोज,२४-डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटना हुँदा १ सयजना भन्दाबढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ। कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। कंगोका नागरिक देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन्। उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको […]
बालोन डी ओर अवार्डको मनोनयनका लागी ३० खेलाडीको नाम सार्वजनिक
काठमाडौं,असोज,२३- फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् । मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । […]
भारतले अर्को साता १० लाख डोज कोभिसिल्ड खोप पठाउने
काठमाण्डौं,असोज,२०-दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ। बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिनुभएको हो । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल […]
नेपालको ओमानमाथि ऐतिहासिक जित
काठमाण्डौं,असोज,४-कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको […]




