तालिबानले बन्द गरायो अफगानिस्तान-भारत सीमापार व्यापार

एजेन्सी,भदौ,३-अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ।  यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ।सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे। फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो। योसँगै लाखौं डलरका सामान […]

अफगानिस्तानमा शान्ति,सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

काठमाडौं,भदौ,१-सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो । नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा […]

अफगानिस्तानबाट १० दिनमा फर्किए १६४ नेपाली

अफगानिस्तान,साउन,३२-तालिबानले आक्रमण बढाएपछि अफगानिस्तानबाट बितेका १० दिनमा १६४ जना नेपाली फर्किएका छन्। यस अवधिमा २ जना अफगानी नागरिक पनि नेपाल आएका छन्।  साउन २१ गतेदेखि ३२ गतेसम्ममा यो संख्यामा नेपाली फर्किएका हुन्। उनीहरु केही कतार र केही युएई हुँदै काठमाडौं आएका हुन्। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा अभियान थालेपछि त्यहाँ रहेका आप्रवासीले देश छोड्न थालेका थिए। यो […]

मेस्सी पीएसजीमा अनुबन्धित

काठमाडौं,साउन,२७-अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर […]

गैर-आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी

जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ। आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो […]

लिबियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ५७ जनाको मृत्यु

एजेन्सी,साउन,१२-लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ।मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ । मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २ बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । लिबियाको पश्चिम तटीय क्षेत्र खुम्सबाट ती यात्रु बोकेर हिडेको डुंगा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । […]

टोकियो ओलम्पिकको सुटिङको पहिलो स्वर्ण चीनकी याङले जितिन्

काठमाडौं,साउन,९-जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ […]

टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला

काठमाडौँ,साउन,३-टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको छ ।जापानको राजधानी टोकियोमा यसवर्ष ओलम्पिक २०२० प्रतियोगिता हुँदैछ। यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो। प्रतियोगिता अर्कोहप्ताको शुक्रबारदेखि सुरुवात हुँदैछ। ओलम्पिक प्रतियोगिता सुरु हुनै लाग्दा भने ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको हो। शनिबार टोक्यो ओलम्पिक आयोजकले […]

मेस्सीले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्ने

एजेन्सी,असार,३०-स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने भएका छन् ।अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोना पाँच वर्षे नयाँ सम्झौता गर्ने पक्का भएको गोल डटकमले जनाएको छ । नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको छ । क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट […]

रोनाल्डोलाई गोल्डेन बुट अवार्ड

एजेन्सी,असार,२८-पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन […]