इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन

एजेन्सी,असार,२८-घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्ड भने पहिलो पटक […]

मेस्सी कोपाको सर्वोत्कृष्ट खेलाडी

एजेन्सी,असार,२७-अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १-० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो । यस्तै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल […]

ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन

एजेन्सी,असार,२७-अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरे । यता, […]

कोपा अमेरिका फुटबलको फाइनलमा आज ब्राजिल र अर्जेन्टिना भिड्ने

एजेन्सी,असार,२७-ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनल खेल आज (आइतबार) बिहान हुँदैछ ।उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने छन् । फाइनल खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनेछ । माराकाना स्टेडियम मैदान उत्रदा दुबै टिम उपाधि उचाल्ने योजनामा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । ब्राजिल पेरुलाई १-० […]

कोपा अमेरिका कप: कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

एजेन्सी,असार,२३-अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो ।  खेलमा अग्रता अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए । तर, ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । निर्धारित समयको […]

कोपा अमेरिका कप:अर्जेन्टिना र कोलम्बिया भिड्दै

एजेन्सी,असार,२३-कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) बिहान अर्जेन्टिनाले कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।अर्जेन्टिना र कोलम्बियाबीचको खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुनेछ । कोलम्बियाविरुद्ध मैदान उत्रदा अर्जेन्टिना जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछ । कोलम्बिया पनि अर्जेन्टिनालाई हराएर फाइनल पुग्न चाहन्छ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनल ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिल पेरुलाई […]

युरोकप फुटबलमा इटालीको हावी,स्पेनलाई हराउँदै फाइनलमा प्रवेश

एजेन्सी,असार,२३-युरोकप फुटबलको तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको फाइनलमा प्रवेश गरेको छ ।यस पटक युरोकप फुटबलमा इटाली आफ्नो जितको हाबी कायम नै राखेको छ। इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ […]

ब्राजिल कोपा अमेरिकाको फाईनल प्रवेश

एजेन्सी,असार,२२-ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ । नेयमार प्रेरित ब्राजिल […]

बार्सिलोनासंग मेस्सीको सम्झौता समाप्त

एजेन्सी,असार,१७-लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि-एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् । विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् । बार्सिलोनाले छाड्ने […]

क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना बढीको मृत्यु

क्यानडा,असार,१६-अत्यधिक गर्मीका कारण क्यानडामा ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि अत्यधिक तापक्रम बढ्दा ६० बढी मानिसको मृत्यु भएको हो। मृत्यु हुनेमा ज्येष्ठ नागरिक धेरै भएको समाचारमा जनाइएको छ।ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि […]