काठमाडौं,पुस,१६- आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले […]
अन्तराष्ट्रिय
फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा
काठमाडौं,पुस,३- विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो ।गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो । दक्षिण एसियाली देशको […]
लिभरपुलले भित्र्यायो जापानी विंगर मिनामिनो
एजेन्सी,पुस,३- इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गरेको छ ।लिभरपुलले रेडबुल साल्जबर्गबाट विंगर मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको हो । क्लबसँग मिनामिनोले साढे चार वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् ।मिनामिनो जनवरी १ पछि क्लबमा रहने छन् । जनवरी विन्डो ट्रान्सफर १ जनवरीबाट खुल्दैछ । जापानका विंगर […]
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित
काठमाडौं,पुस,३- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित भएको छ।ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन)मा नेपाली समयअनुसार बिहीबार बिहान मतदान भएकाे हाे। मतदानमा ट्रम्पक विपक्षमा २३० र पक्षमा १९७ मत खसेपछि महाभियाेग प्रस्ताव पारित भएकाे हाे। तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार दुरूपयोग गरेको ठहर गरेको छ।अमेरिकी संसदको […]
पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय
काठमाडौं,पुष,१- पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहौर हाइकोर्टले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्। बीबीसीका अनुसार उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको […]
भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन
भारत,मंसिर,२६- भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ । पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै […]
पाकिस्तानलाई १४ औं साग आयोजनाको जिम्मेवारी
काठमाण्डौं,मंसिर,२३- दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो । साग आयोजनाका लागि पाकिस्तानबाट पाकिस्तान ओलम्पिक काउन्सिलकाे अध्यक्ष बैठकमा आएका थिए । बैठकले ६ महिना भित्र सरकारकाे सहमती ल्याउन पाकिस्तानकाे ओलम्पिक कमिटिलाई समय दिएकाे छ ।६ […]
१३औं साग फुटबल: पुरुष तर्फ नेपाल विजयी महिला टोली भारत संग पराजीत
काठमाडौं,मंसिर,२१- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ ।शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका […]
१३ औं साग महिला फुटबल : नेपाल संग श्रीलंका १–० गोलले पराजीत
पोखरा,मंसिर,१७- १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ नेपालों आफ्नो पहिलो खेलमा बिजय भएको छ ।नेपालले मंगलबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० को अन्तरले हराएको हो । पोखरा रंगशालामा नेपाल विरुद्ध जुझारु र रक्षात्मक प्रदर्शन गरेको श्रीलंकाले घरेलु टोलीलाई अन्तिम समयसम्म रोक्न सकेन । खेलको ८६औं मिनटमा सरु लिम्बुले नेपालका लागि एक मात्र निर्णायक गोल […]
मेस्सीलाई कीर्तिमानी बालोन डी’ओर अवार्ड
जापान मंसिर,१७- बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । […]



