टर्कीमा शक्तिशाली भूकम्प- १८ जनाको मृत्यु

काठमाडौं,माघ,११-टर्कीमा शक्तिशाली भूकम्प गएको छ। घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। टर्कीको पूर्वी क्षेत्रमा ६.८ म्याग्निट्युड भूकम्प गएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।भूकम्पका कारण भवनहरू भत्किएको बीबीसीले जनाएको छ। भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ। यसअघि टर्कीमा सन् १९९९ मा गएको ठूलो भूकम्पमा करिब १७ […]

नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसंग मैत्री फुटबल खेल्ने

काठमाडौं,माघ,८-नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र इङ्ल्यान्डको ‘सी’ अर्थात् यू–२३ टोलीबीच आगामी मार्च र मे मा दुईवटा मैत्रीपूर्ण खेल खेलिने सम्झौतापत्रमा बुधबार एन्फा मुख्यालय सातदोवाटोमा हस्तक्षर भएको छ ।   मैत्री खेल लगायतका विषयमा छलफल र हस्ताक्षर गर्न दुई दिनअघि इङ्ल्यान्ड फुटबल संघका प्रतिनिधि एन्ड्री सा र लाउरेन जोन्स […]

यमनको सैन्य शिविरमा मिसाइल आक्रमण, ८० सैनिकको मृत्यु

काठमाडौं,माघ,६-यमनको एक सैनय शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिएका छन् । घटनामा दर्जनौं सैनिक घाइते भएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो । आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ । यद्दपी सो समूहले घटनाको जिम्मेवारी लिएको छैन । […]

स्पानिस सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाडौं,पुस,२८-स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो । अतिरिक्त समयको २५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो […]

जापानको फुकुओकामा माघे संक्रान्ती पर्व धुमधाम संग मनाईयो ( भिडीयो र फोटो फिचर सहित)

फुकुओका,जापान,२७-नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्पराहाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले […]

नेपालमा पक्राउ परेका १ सय २२ चिनियाँलाई चीन पठाइयो

काठमाडौं,पुस,२३-नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन पठाईएको हो । प्रहरीले चिनियाँ अधिकारीहरुको सहयोगमा पुस ७ गते नियन्त्रणमा लिएका १ सय २२ जनामध्ये अधिकांश ४० वर्षभन्दा कम उमेर समूहका युवायुवती भएको खुलेको छ।चीनको फुजियान तथा हङकङ, थाइल्यान्ड र ताइवानबाट […]

ईरानमा युक्रेनियन जहाज दुर्घटना १ सय ७६ जनाको मृत्यु

ईरान,पुस २३-ईरानको तेहराननजिकै बुधबार बिहान दुर्घटना भएको युक्रेनियन जहाजमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको छ।तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमान बुधबार बिहानै दुर्घटनामा परेको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमानका सवार सबैको मृत्यु भएको पुष्टि गर्दै यस घटना दुखदायी भएको बताएका छन्।विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य […]

सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा-कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं,पुस,२२-अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिमा भाग लिन गएकाहरुबीच भागदौड मच्चिँदा कम्तिमा ३५ जना मारिएका छन् । बीबीसीका अनुसार अरु दर्जनौं घाइते भएका छन् । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको गृहनगर केरमान शहरमा आयोजित अन्त्येष्टीमा मानवसागर नै उर्लेको थियो । अन्त्यष्टीमा सहभागी हुन देशका विभिन्न स्थानबाट लाखौंको संख्यामा […]

आज टोपी दिवस मनाइँदै : राष्ट्रिय मान्यता दिन माग

काठमाडौं,पुस,१६- आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले […]

फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा

काठमाडौं,पुस,३- विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो ।गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो ।   दक्षिण एसियाली देशको […]