१३ औं साग खेल: नेपाल १५ स्वर्ण जित्दै शीर्ष स्थानमा

काठमाडौं,मंसिर,१६- १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १५ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ७ तथा ट्रायथलनमा एक स्वर्णपदक जितेको छ ।नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ । त्यसैगरी, भारतले ट्रायथलन र तेक्वान्दोमा गरी ३, श्रीलंकाले ३, पाकिस्तान र बंगलादेशले एक/एक स्वर्णपदक जितेका […]

टोक्योमा हुने ओलम्पिकका लागी न्यु नेशनल स्टेडियमको निर्माण कार्य सम्पन्न

काठमाण्डौं,मंसिर १५- जापानमा आगामी वर्ष हुने बहुप्रतिक्षित टोक्यो ओलम्पिकको मुख्य स्टेडियम (न्यु नेशनल स्टेडियम) को निर्माण कार्य सम्पन्न भएको छ । यो स्टेडियम निर्माणका लागि ८७ प्रतिशत काठको प्रयोग गरिएको छ । जसको अर्थ यो स्टेडियम निर्माण कार्य सम्पन्न २००० घन मिटर काठको प्रयोग गरिएको छ । यद्यपि यो स्टेडियम निर्माण कार्यका लागि जोगाड गरिएको […]

नेपाल सेन्ट्रल जोन सिनियर महिला भलिबलमा च्याम्पियन

बंगलादेश,कार्तीक,२८- बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जितेको छ। बिहिबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा फराकिलो अन्तरले पराजित च्यम्पियन बन्न सफल भएको हो । यस संगै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ ।यसअघि पनी लिग चरणमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो […]

चौंथो ओहासी कपको टाईसिट सार्वजनीक : बिहानी एफसी “डी” ग्रुपमा

फुकुओका,जापान,कार्तीक,२०- चौंथो ओहासी फुटसल कपको आज टाईसिट सार्वजनीक गरिएको छ।ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप प्रतीयोगिताको  टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो । प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त प्रतीयोगीताको विजेता टिमले ३ लाख जापानीज येन सहित […]

रेलमा आगलागी हुँदा पाकिस्तानमा ६५ जनाको मृत्यु

काठमाडौं,कार्तिक,१४- रेलमा आगलागीका कारण पाकिस्तानमा  ६५ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ४० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ।एएफपीका अनुसार पञ्जाव हेल्थ मिनिस्टर डा. यास्मिन रशिदले मृतकको संख्या ६५ पुगेको जानकारी दिएका छन्। घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा […]

जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त

जापान,कात्तिक,१४- जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त भएको छ । पाँच सय बर्ष पुरानो महलको मुख्य भाग जलेर नष्ट भएको छ । बिहीबार विहानै भएको आगो नियन्त्रण गर्न ठूलो संख्यामा अग्नी नियन्त्रक खटाइएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाँच सय वर्षअघि जापानको […]

आधुनिकीकरणले “तिहार पर्व” विश्वव्यापी बन्दै : जापानमा तिहार सुरु

फुकुओका,जापान,कार्तीक,९-हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक […]

नेपालमा हुने दक्षिण एसियाली सागका लागि भुटान क्रिकेट टिमको घोषणा

काठमाडौं,कार्तीक,५- नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भुटानले राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ । सागका लागि भुटानले १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । भुटान क्रिकेटले सोमबार सागका लागि टोलीको घोषणा गरेको हो । सागका लागि नेपालले भने टिमको घोषणा गरेको छैन ।नेपालमा हुने १३ औं साग […]

जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी : सम्राट चिरायु रहुन् भन्दै कामना

काठमाडौं,कार्तीक,५- जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच मंगलबार राजगद्दी आरोहण गरेका छन् । गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बन्नु भएको थियो । टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि  ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गर्नु भएको हो । परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो […]

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोविन्दबिच भेटवार्ता

काठमाडौं,कात्तिक,५- जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा जापान भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो दुबैको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा  दिएकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको […]