काठमाडौं,चैत्र,२९-जापानमा भाषा मात्रै अध्ययन गर्न आउन चाहानेले अब एनओसी नपाउने भएका छन्। यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए ।तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै एनओसी पाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्र एनओसी […]
अन्तराष्ट्रिय
श्रीलंकामा आर्थिक संकटका कारण स्थानीय निर्वाचन स्थगित
एजेन्सी,चैत्र,२९-श्रीलंकामा यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ । गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण निर्वाचन स्थगित गरिएको हो ।श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने […]
नेपालका कप्तान किरण आबद्द पन्जाब हिरो आईलिग च्याम्पियन
काठमाडौं,फाल्गुन,२०-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान एफसीलाई ४-० गोल अन्तरले हराउँदै पन्जाब च्याम्पियन बनेको हो । पन्जाबको जितमा यस त्रिपाठी, लुका मज्सिन, जुवान मेरा र ह्मिन्ग्थानमावाले एक एक गोल गरे । जितसँगै पन्जाबले २१ खेल ४९ अंक […]
जापानको नागोयामा “तेस्रो यूनीटी फुटसल कप”अप्रिलमा हुने
टोकीयो,जापान,फाल्गुन,१८-जापानको आईची प्रिफेक्चरको नागोया शहरमा“तेस्रो यूनीटी एफसी फुटसल कप”हुने भएको छ । यूनिटी एफसीको आयोजनामा हुन लागेको उक्त फुटसल प्रतियोगीता अप्रिल २९ तारीख (बैशाख १६) गते शनिवारका दिन नागोया शहर स्थित हिगासीकोसासा ६० कोशिदोचो टोयोटा भन्ने स्थानमा हुने क्लवका खेलाडी च्याङ्बाले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार “स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नारासहित प्रतियोगीताको आयोजना गर्न लागेको बताउनुभयो । […]
रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार
सुर्खेत,फाल्गुन,८-कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ।प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ। कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो। सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि […]
जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो
टोकियो,माघ,२७-जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ।ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महीनामा बढेको बीओजेले बताएको छ।योसँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ। उक्त अवधिमा आयात मूल्य एक वर्षअघिको तुलनामा १७.८ प्रतिशतले […]
आज पीएसजी र रोनाल्डो आवद्ध अल नसर क्लवबिच विच मैत्रीपूर्ण खेल हुने
काठमाडौं,माघ,५-आज बिहिवार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)र साउदीको अल नसरको क्लव बिच मैत्रीपूर्ण खेल हुदैछ। आजको मैत्रीपुर्ण खेलमा विश्वका चर्चित दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ।यस संगै विश्वका अन्य चर्चित खेलाडीहरु नेयमार, सर्जियो रामोस,केलियन एम्बाप्पे,जस्तै ठुप्रै खेलाडी रहेका छन् । २०२२ को विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।यसले गर्दा पनि […]
क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित
काठमाण्डौं,पुष,१६-क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ। विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए।रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा बढी रहनेछ । ३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक […]
ब्राजिलियन फुटबल लेजेण्ड पेलेको निधन
काठमाडौं,पुष,१५-ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन क्यान्सरको उपचारकै क्रममा निधन भएको हो। पेलेकी छोरी केली नासिमेन्तोले बिहीबार राति आफ्ना पिता पेलेको स्वर्गारोहण भएको विवरण सामाजिक सञ्जालमार्फत दिएकी हुन् । पेलेको पूरा नाम ‘एड्सन अरान्तो […]
१९ वर्ष पछि नेपालको जेलदेखी कुख्यात हत्यारा चार्ल्स शोभराजलाई थुनामुक्त गरिदैं
काठमाडौं,पुस,७-नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई बिहीबार थुनामुक्त गरिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई बिहीबार थुनामुक्त गर्न लागिएको हो। कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु […]



