नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण हुँदै

बाँके,फाल्गुन,२५-नेपाल आयल निगमले बाँकेको नेपालगञ्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगञ्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जानकारी दिएको छ ।  कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिनुभयो […]

सुनको भाउ ५०० रुपैँयाले बढ्यो

काठमाडौं,फागुन,१९-स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंघलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै, तेजाबी सुन मंगलबार प्रतितोला ८६ हजार […]

शेयर बजारको वृद्धिपछि चीनमा थपिए २५० जना नयाँ अर्बपति

पेचिङ,फागुन,१८-शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।      विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मंगलवार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ।विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा […]

मलाई एक अर्ब रुपैयाँको प्रलोभन आयो-मन्त्री आले

काठमाडौं,फागुन,१८-वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गर्नुभएको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि […]

बंगलादेशी बन्दरगाह उपयोगको बाटो खोज्दै महावाणिज्य दूतावास

वीरगञ्ज,फागुन,१४-समुद्रपार व्यापार सहजीकरणमा बंगलादेशी समुद्री बन्दरगाह उपयोगको सहज उपाय खोज्न थालिएको छ । यसका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले सम्भाव्यता अध्ययन थालेको छ । बंगलादेशको मोंगला बन्दरगाह उपयोगका लागि पहल थालिएको महावाणिज्यदूतावासले बताएको छ । महावाणिज्य दूतावासको टोलीले बंगलादेशको दोस्रो ठूलो मोंगला बन्दरगाह उपयोगका लागि सम्भावित सहज रूट र दूरीबारे अध्ययन शुरू गरेको उपमहावाणिज्य दूत […]

आयकर तथा भ्याट असुलीमा कडाइ

काठमाडौं,फाल्गुन,१४-राजस्व लक्ष्य पूरा गर्न दबाब परिरहेका बेला आयकर तथा भ्याट असुलीमा कर कार्यालयहरूले कडाइ गर्न थालेका छन् । वैकल्पिक राजस्व संकलनको कार्ययोजना नै बनाएर कर कार्यालयहरूलाई निर्धारित लक्ष्य पूरा गर्न सरकारले ताकेता गरिरहेका बेला कर कार्यालयहरूले आयकर तथा भ्याट संकलनमा कडाइका साथ जोड दिएका हुन् । यसैक्रममा कर कार्यालय कलंकीले बिहीवार मात्रै सार्वजनिक सूचना जारी […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,माघ,६-नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने  मंगलवार अन्तिम दिन रहेको छ । ढिलो अवधि छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्री अवधि तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो ।  सोमवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १ दशमलव ८७ गुणा बढी आवेदन परिसकेको छ । विक्री प्रबन्धक […]

आज सुनको मूल्य,फेरी ११०० ले बढ्यो

काठमाडौं,पुस,२१-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार १०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ३०० मा कारोबार भएको […]

सुनचाँदीको मूल्य घट्यो,किन्ने भए तोलाको ९४ हजार १००

काठमाडौं,पुस,१६-नेपाली बजारमा सुनको मूल्यमा सामान्य बिहिबार गिरावट आएको छ । गत कारोबार दिन अर्थात् बुधवार रू. १०० ले उकालो लागेको सुनको मूल्य बिहीवार रू. १०० ले नै ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू […]

हालसम्मकै उच्च अंकले बढ्यो बजार, करीब ७ अर्बको कारोबार

काठमाडौं,पुस,७-मंगलवार शेयर बजार हालसम्मकै उच्च अंकले बढेको छ । यो दिन बजार ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको हो । उता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंक बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ । १ हजार ९८७ दशमलव ४८ विन्दुदेखि खुला भएको बजार निरन्तर […]