चार एलपी ग्यास उद्योग थपिने

काठमाण्डौं,साउन,२८-३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् । चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना […]

मेस्सी कोपाको सर्वोत्कृष्ट खेलाडी

एजेन्सी,असार,२७-अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १-० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो । यस्तै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल […]

उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको आग्रह

काठमाडौं,असार,२१-नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो । संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै हाल तोकिएको ५० प्रतिशत उडान संख्यालाई शतप्रतिशत पुर्‍याउन माग गरेको हो । हाल कायम भएको संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने […]

निषेधाज्ञा खुकुलो भएपछि विद्युत् खपत बढ्दै

काठमाडौं,असार,१०-निषेधाज्ञा खुकुलो भएसँगै विद्युत् खपत बढ्न थालेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण विद्युत् खपतमा कमी आएको थियो । अहिले निषेधाज्ञा खुकुलो बनाएपछि विद्युत् खपत बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकालगायत ठाउँमा निषेधाज्ञा खुकुलो बनाएको छ । सोही दिनदेखि नै विद्युत् […]

सातै प्रदेश बजेटको अन्तिम तयारीमा

काठमाडौं,जेठ,३१-देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम रस्साकस्सीमा जुटेका हुन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट […]

असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनको माग

काठमाडौं,जेठ,२६-वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने र रोजीरोटीको समस्या हुने भन्दै संघले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री उमाशंकर अरगरिया समक्ष उक्त माग गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी उडान सञ्चालन गर्न […]

अध्यादेशबाट बजेट ल्याइँदै !

काठमाडौं,जेठ,३-संविधानको धारा १ सय १९ को उपधारा ३ अनुसार सरकारले जेठ १५ गतेभित्रै संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ ।तर, अल्पमतमा रहेको सरकारले कोरोना महामारीकैबीचमा कसरी बजेट ल्याउँछ भन्ने अन्योल देखिएको छ । सरकारले संघीय संसदमा बजेट पेश गर्नुभन्दा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले […]

एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं,चैत,१८-काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो। पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो ।बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी […]

इन्धनको मूल्य वृद्धि भएसँगै फेरी हवाई भाडा बढ्यो

काठमाडौं,चैत्र,६-नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै फेरी हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ । संघले शुक्रवार विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ […]

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला नियुक्त

काठमाडौं,फाल्गुन,२६-नेपाल राष्ट्र बैंकको पहिलो पटक डेपुटी गभर्नरमा महिला नियुक्त भएकी छन्। मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले निलम ढुंगाना र बम बहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गतेदेखि सकिएपछि पद रिक्त थियो। करिब एक सातासम्म रिक्त रहेको डेपुटी गभर्नरहरुमा मंगलबारको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो। […]