मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

सिन्धुपाल्चोक,असोज,५-गएको असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची […]

विश्व बैंकबाट थप सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं,असोज,५-अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोग आवश्यक भएको बताउनु भएको छ । सोमवार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदै आएको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन […]

अब यूट्यूब पनि करको दायरामा, १ % को दरले अग्रिम कर तिर्नुपर्ने

काठमाडौं,भदौ,२६-पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको संख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको चालू आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको […]

एमसीसीले नेपाललाई पठायो जवाफ( पूर्णपाठ नेपालीमा हेर्नुहोस्)

काठमाण्डौं,भदौ,२३-अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो। यसअघि सरकारले एमसिसीबारे उठेका विभिन्न सवालहरूमा प्रष्टीकरण माग्दै एमसिसीलाई पत्र पठाएको थियो। एमसिसीले सरकारले सोधेका एक-एक प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुबै भाषामा पठाएको छ। सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको […]

सुनको मूल्य घट्यो

काठमाण्डौं,भदौ,१७-आज बिहीबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।  बुधबार ९१ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने बढेको छ। बुधबार १ हजार १ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ।

सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा

काठमाडौं,साउन,२६-अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा एक खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/०७७ मा २ खर्ब १६ अर्ब पुगेको बताउनुभएको हो।उहाँले स्रोतसँग मेल नखाने […]

विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री शर्मा

काठमाडौं,साउन,२२-अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता नेपालको लागि परिणामुखी भए नभएका सम्बन्धमा अध्ययन जरुरी भएको र तिनको अध्ययन समीक्षा गरेर आवश्यक […]

१० दिनभित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिदैं जुम्ला

सुर्खेत,साउन,५-कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको १० दिनभित्रै राष्ट्रिय विद्युत् प्रसारण लाईन जोडिने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लालाई अबको १० दिनभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाईनसँग जोड्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीसँगको छलफलका क्रममा जुम्लामा […]

कर्णाली प्रदेशले बढायो बजेट खर्च

सुर्खेत,साउन,४-कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७० दशमलव ६३ र चालूतर्फ ५७ दशमलव ८७ प्रतिशत खर्च गरेको हो ।  गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब […]

अर्थमन्त्री शर्माको निर्देशनमा १ वर्ष देखि भत्ता नपाएका इन्जिनियरको माग पुरा

काठमाण्डौं,असार,३०-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ। लामो समयदेखि भत्ता नपाएका इन्जिनियरहरू दुर्गममा गएर काम गरेको विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल समस्या समाधान गर्नु भएको हो । अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको […]