एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय,

काठमाडौं,फागुन,१५-एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै अब सत्ता गठबन्धन फुट्को सँघारबाट जोगिएको छ । सत्ता गठबन्धन अब आगामी निर्वाचनसम्म रहिरहने देखिन्छ । केही महिना अघिदेखि […]

प्रतिनिधिसभाको बैठक आज बस्दै,एमसीसीको समयसीमा भोली सकिदै

काठमाण्डौं,फागुन,१५-प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्न लागेको हो । बैठक आइतवार दिउँसो १ बजे बस्ने समय तालीका रहेको छ । कानुन मन्त्री दिलेन्द्र बडुले गएको बिहिबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आजको प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची हिजो शनिबार […]

एमसीसीको पक्षमा निजीक्षेत्र,विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह

काठमाडौं,फागुन,१०- रू. ५५ अर्ब बराबरको अमेरिकी सहयोगको एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएसँगै राजनीतिमा धुव्रीकरण देखिरहेका बेला निजीक्षेत्रले विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह गरेको छ । संसद्मा एमसीसी टेबल भएसँगै त्यसको स्वागत गरेको निजीक्षेत्रले विकासमा राजनीति गर्न नहुने बताएको छ । उद्योगी-व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार विकासमा राजनीति नगरी दलहरूले […]

६ महीनामा नेपाल विद्युत् प्राधिकरणले कमायो १२ अर्ब नाफा

काठमाडौं,फागुन,८-नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार गत आव २०७७/ ७८ मा प्राधिकरणकोको नाफा ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै

काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक […]

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले सहयोग गर्ने

चितवन,मंसिर,६-अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो । बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्षमा पुग्ने तर अलपत्र हुन नदिने […]

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं,कार्तिक,७-बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज ३१ गतेदेखि परेको अविरल […]

जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि

जापान,कार्तिक,४-गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा निर्यात १३ […]

एमसीसी तत्काल पारित गर्न निजी क्षेत्रका तीनवटै संगठनको आग्रह

काठमाडौं,असोज,२०-मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रले आग्रह गरेको छ । निजी क्षेत्रका तीनवटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ […]

वडादशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो

काठमाडौं,असोज,११-नेपालीहरुको महान चाड वडादसैंको लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैंमा काठमाडौं उपत्यका छोडेर आ आफ्नो थातथलो फर्कनेहरुको लागि टिकट बुकिङ खुलाइएको हो । यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद […]