भारतबाट अधिकतम दर ३२ रुपैयाँमा विद्युत आयात

काठमाडौं,चैत्र,११-नेपाल विद्युत् प्राधिकरणले अधिकतम मूल्य बिड गरेपछि भारतीय खुला बजारबाट विद्युत् पाएको छ।प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरमा भारतीय व्यापार कम्पनीहरूले पछिल्लो २ दिन (बुधवार र बिहीवार) बिजुली दिन मानेका थिएनन् । फलस्वरूप भारतबाट विद्युत् आयात भएको थिएन।त्यसपछि प्राधिकरणले अधिकतम दर प्रस्ताव गरेर विद्युत् आयात गरेको हो ।अहिले भारतीय बजारमा विद्युतको अधिकतम दर २० भारू अर्थात् […]

आज ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं,चैत्र,१०-साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य […]

जापान र भारतविच ठूलो आर्थिक सहयोगमा सम्झौता

काठमाडौं,चैत्र,६-जापाले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको छ। जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो । दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र […]

जापानले दियो नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ अनुदान

अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका । काठमाडौं,फागुन,२६-जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गर्नु भएको हो । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘विराटनगर खानेपानी […]

एकै दिन सुनको मूल्य ३५ सयले घट्यो

काठमाडौं,फागुन,२६-एकै दिन सुनको भाउ ३५ सयले घटेको छ। साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको हो। बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ […]

एक रुपैयाँको सिक्का बुधबारबाट चलनचल्तीमा ल्याउने

काठमाडौं,फागुन,२४-नेपाल राष्ट्र बैंकले बुधवारबाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सिक्काको पछाडि भागमा पनि ६४ ओटा […]

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोद गर्ने संसदको निर्णय एमसीसीद्वारा स्वीकार

काठमाडौं,फागुन,१८-अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने संसदको निर्णय स्वीकार गरेको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको एमसीसी मुख्यालयले जनाएको हो । सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि […]

एमसीसीमा जागीर खुल्यो, प्रोजेक्ट म्यानेजर देखि ड्राईभर सम्मलाई रोजगारी

काठमाडौँ,फागुन,१८-नेपालका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बिभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन प्रकाशन गरेको छ । एमसीसीको नेपाल कार्यालय एमसीए नेपालले मंगलवार १० जना उमेरदवारका लागि रोजगारी खुलाएको हो ।   एमसीए नेपालले प्रोजेक्ट म्यानेजर १, म्यानेजर १, लिड इन्जिनियर १, पावर सेक्टर रिफम स्पेस्लिस्ट १, असिस्टेन्ट इन्जिनियर १, मनिटरिङ् एण्ड इभ्यालुएसन […]

सुन र चाँदीको भाउमा उल्लेख्य वृद्धि

काठमाडौं,फागुन,१६-नेपाली बजारमा सोमबार सुनको भाउमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबारको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार ७ सय रुपैयाँ पुगेको छ।  चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको […]

सरकारले १२ वटा व्याख्यात्मक सहित अनुमोदन गरेको एमसीसीका प्रस्तावहरु यस्ता छन्

काठमाडौं,फाल्गुन,१६-सरकारले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाोरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन गराएको छ । आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो । त्यसपछि एमसीसी आईतबार संसदबाट पारित गरिएको थियो । सरकारले ल्याएका १२ […]