झापा,फागुन,३०-आज सोमबार झापा गोल्डकपको फाइनल खेल हुदैंछ। फाईनल खेलका लागि त्रिभुवन आर्मी फुटबल क्लब र झापा-११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा गत संस्करणको उपाधी विजेता आर्मी यसपटक पनि उपाधि रक्षा गर्न मैदान उत्रदा झापा ११ भने घरेलु मैदानमा पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । यस पटक झापाले सेमिफाइनलमा […]
खेल
खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई
कैलाली,फागुन,२८-मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे ।फ्रेन्ड्सका जमोउल […]
बेन्जिमाको ह्याट्रिक संगै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो
काठमाडौं,फागुन,२६-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराउँदै समग्रमा ३-२ को जितसहित रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा पीएसजीले १-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा अग्रता जोगाउन नसक्दा पीएसजी बाहिरिएको छ ।पीएसजीले […]
एनएसएल अक्सन:कुन टोलीमा कस्ता खेलाडी,कतिमा अनुबन्धीत भए?
काठमाडौं,फागुन,२०-दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।खेलपाटीबाट साभार- अक्सनबाट कुन टोलीले कुन खेलाडी अनुबन्ध गर्यो ? १.काठमाडौं रेजर्स – […]
‘ए’ डिभिजन लिग : मनाङ र आर्मी बराबरीमा रोकिए,पुलिसलाई हराउदै एनआरटीमाथि तेस्रो बन्न सफल
काठमाडौं,फागुन,१४-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान पक्का गरेको छ । अन्तिम लिग खेलमा मनाङसँग १-१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान पक्का गरेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका कप्तान अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं […]
टी-ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार
काठमाडौं,फाल्गुन,१४-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान रहेको थियो । नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ […]
‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं,फागुन,१२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।१३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् । १३ अंक […]
विश्वकप छनोट : तेश्रो स्थानको लागि आज नेपाल र ओमान खेल्दै
काठमाण्डौं,फागुन,१२-ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित भएको नेपालले तेश्रो स्थानको लागि आज बिहिबार ओमानसंग खेल्नेछ। युएईसंग पराजित हुँदै नेपालको टि-२० विश्वकप २०२२ छनोट हुने सम्भावना समाप्त भइसकेको छ। नेपाल र ओमान बीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। यस्तै ICC.tv बाट […]
खप्तड गोल्डकप : उद्घाटनमा मनाङ र दिल्ली भिड्ने
काठमाडौं,फागुन,११-पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन् । मनाङ र दिल्लीबीचको उदघाटन खेल कैलालीको धनगढी रंगशालामा फागुन १९ गते हुनेछ । सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको […]
टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज युएईको सामना गर्ने
काठमाडौं,फागुन,१०-आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा आज मंगलबार नेपालले युएईको सामाना गर्दैछ। आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । अस्ट्रेलिया हुने विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’को उपविजेता युएईलाई पराजित गर्नुपर्ने हुन्छ । सोमबार भएको छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडालाई ८ […]


