साफ च्याम्पियनसिपमा : आज नेपाल र भारत भिड्ने

काठमाडौं,असोज,२४-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन।तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान […]

बालोन डी ओर अवार्डको मनोनयनका लागी ३० खेलाडीको नाम सार्वजनिक

काठमाडौं,असोज,२३- फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् । मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । […]

चितवन टाइगर्स पहिलो पटक ईपीएल च्याम्पियन

काठमाण्डौं,असोज,२३-पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (इपीएल) को उपाधि जितेको छ। योसँगै सोमपाल कामीले आफ्नो कप्तानीमा दुइ फ्रेन्चाइज टिमलाई दुई अगल घरेलु प्रतियोगिताको उपाधि दिलाएका छन्। सोमपालको कप्तानीमा यसअघि सन् २०१७ ले धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको थियो।  यता विनोद भण्डारी भने पहिलो उपाधिबाट वञ्चित भएका छन। जितसँगै चितवनले ५० लाख रुपैयाँ […]

गौतमबुद्ध क्रिक्रेट रंगशालाको जिम्मेवारी भरतपुर महानगरले लिन्छ-मेयर दाहाल

चितवन,असोज,२१-भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने बताउनुभएको छ । भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताउनुभएको हो । महानगरले जग्गा […]

साफ फुटबल : भारत र श्रीलंकाबिचको खेल बराबरी

काठमाडौं,असोज,२१-भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको साफ च्याम्पियनसिप फुटबल खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । खेलमा बल पोसेसनमा पकड जमाएपनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो ।  श्रीलंकाले पनि केहि गोलको अवसर खेर फालेको थियो । भारतको यो लगातार […]

साफ : नेपाल श्रीलंकालाई हराउँदै शीर्षस्थानमा

काठमाडौं,असोज,१९-साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो […]

साफ च्याम्पियनसिप: भारत र बंगलादेशको १-१ गोलको बराबरी

काठमाडौं,असोज,१८-माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार  भारत बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरुआती अग्रता जोगाउन नसक्दा भारत रोकिएको हो । खेलको २६ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ७४ औं मिनेटमा […]

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

काठमाडौं,असोज,१८-साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज(सोमबार)श्रीलंकासँग खेल्दैछ ।माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ । श्रीलंका भने उद्घाटन […]

मनिष डाँगीको सानदार गोल संगै नेपाल संग माल्दिभ्स पराजीत

काठमाडौं,ओसोज,१५-नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे ।परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८५ औं […]

साफ : आज नेपाल र माल्दिभ्स भिड्ने

काठमाडौं,असोज,१५-दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष […]