मैदान नभएपछि ‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित

काठमाडौं,मंसिर,२९- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन लायक छैन । लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।त्यसैले आज हुने भनिएका लिगका […]

‘ए’ डिभिजन लिग सुरु :आज मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्ने

काठमाडौं,मंसिर,२८- सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट सुरु हुदैछ ।घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् […]

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

काठमाण्डौं,मंसिर,२४- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  मंगलबार भएको फाईनल खेलमा नेपालले २-१ गोल अन्तरले भुटानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो । नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर […]

पाकिस्तानलाई १४ औं साग आयोजनाको जिम्मेवारी

काठमाण्डौं,मंसिर,२३- दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो  ।   साग आयोजनाका लागि पाकिस्तानबाट पाकिस्तान ओलम्पिक काउन्सिलकाे अध्यक्ष बैठकमा आएका थिए । बैठकले ६ महिना भित्र सरकारकाे सहमती ल्याउन पाकिस्तानकाे ओलम्पिक कमिटिलाई समय दिएकाे छ ।६ […]

नेपाल भारत संग २-०ले पराजीत मुख्य प्रशिक्षक हरि खड्काद्वारा राजीनामा

काठमाडौं,मंसिर,२३- १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ नेपाल भारतसँग पराजीत भएको छ ।पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग २–० को हार बेहोरेपछि नेपाली महिला फुटबल टोलीको इतिहास रच्ने सपना फेरि अधुरै भएको छ । भारतको जितमा पहिलो हाफको १८औं मिनटमा बालादेवी र दोस्रो हाफको ५६औं मिनटमा रतनबालादेवीले गरेको गोल नै भारतीय टोलीलाई […]

१३औं साग फुटबल: पुरुष तर्फ नेपाल विजयी महिला टोली भारत संग पराजीत

काठमाडौं,मंसिर,२१- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ ।शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका […]

१३औं साग फुटबल: आज महिला टोलीले भारत र पुरुष टोलीले माल्दिभ्स संग खेल्ने

काठमाण्डौं,मंसिर,२१- १३औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलतर्फ आज नेपालको महिला र पुरुष दुवै टोलीले आ–आफ्नो खेल खेल्दैछन् ।  पोखरा रंगशालामा आज २ बजे महिला फुटबलतर्फ दुई दावेदार नेपाल र भारत पनि आमने सामने हुँदैछन् । पछिल्ला दुई खेलहरुमा जित हात पारेका नेपाल र भारतले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । साथै आज […]

१३ औं साग महिला फुटबल : साबीत्राको ह्याटि्रक संगै नेपाल फाइनलमा प्रवेश

काठमाण्डौं,मंसिर,१९- १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ नेपाली महिला टोली फाईलनमा प्रवेश गरेको छ।बिहिवार पोखरामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३-० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।सावित्राले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । योसँगै सावित्रा ३६ गोल गर्दै नेपालका लागि सर्वाधिक गोल […]

१३ औं सागमा नेपालको अग्रता कायमै, स्वर्णपदक संख्या २५ पुग्यो

काठमाडौं,मंसिर,१८- १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ ।आज(बुधबार)कराँतेमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या २५ पुगेको हो । कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् ।उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ […]

१३ औं साग पुरुष फुटबल : नेपालको भुटानमाथी ४-० गोलको शानदार जित

काठमाण्डौं,मंसिर,१७- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले शानदारले जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितका लागी कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । यस्तै अविशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।खेलको पाँचौं मिनेटमा सुजलले […]