साग फुटबल : आज नेपालको पुरुष र महिला दुवै टोलीले खेल्ने

काठमाण्डौं,मंसिर,१७- १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ आज नेपालको पुरुष तथा महिला फुटबल टोलीले आ–आफ्नो पहिलो खेल खेल्दैछन् । पुरुष टोलीले खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आज दिनको १ बजे भुटानको सामना गर्दैछ । स्मरण रहोस, सोमबारदेखि शुरु पुरुष फुटबलतर्फ भुटानले सनसनी मच्याउँदै पदकको दावेदार बंगलादेशलाई १–० ले हराएको थियो । यद्यपि, दुर्भाग्यपुर्ण रुपमा पहिलो खेल […]

मेस्सीलाई कीर्तिमानी बालोन डी’ओर अवार्ड

जापान मंसिर,१७- बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।   मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । […]

१३ औं साग खेल: नेपाल १५ स्वर्ण जित्दै शीर्ष स्थानमा

काठमाडौं,मंसिर,१६- १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १५ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ७ तथा ट्रायथलनमा एक स्वर्णपदक जितेको छ ।नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ । त्यसैगरी, भारतले ट्रायथलन र तेक्वान्दोमा गरी ३, श्रीलंकाले ३, पाकिस्तान र बंगलादेशले एक/एक स्वर्णपदक जितेका […]

टोक्योमा हुने ओलम्पिकका लागी न्यु नेशनल स्टेडियमको निर्माण कार्य सम्पन्न

काठमाण्डौं,मंसिर १५- जापानमा आगामी वर्ष हुने बहुप्रतिक्षित टोक्यो ओलम्पिकको मुख्य स्टेडियम (न्यु नेशनल स्टेडियम) को निर्माण कार्य सम्पन्न भएको छ । यो स्टेडियम निर्माणका लागि ८७ प्रतिशत काठको प्रयोग गरिएको छ । जसको अर्थ यो स्टेडियम निर्माण कार्य सम्पन्न २००० घन मिटर काठको प्रयोग गरिएको छ । यद्यपि यो स्टेडियम निर्माण कार्यका लागि जोगाड गरिएको […]

१३ औं सागको औपचारिक उद्घाटन आज

काठमाडौं,मंसिर,१५- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम […]

महिला भलिबलको ऐतिहासिक जीत: आईतबार फाईनलमा भारतसंग प्रतिस्पर्धा गर्ने

काठमाण्डू,मंसिर,१५-  १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । एसियाली खेलकुद (साग) महिला भलिबलबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ। नेपालले सेमिफाइनलमा श्रीलंकालाई तीन शुन्यको सोझो सेटमा पराजित गरे पछि रजत पदक पक्का गरेको हो। नेपाल श्रीलंका सामु बलियो रुपमा प्रस्तुत भएको थियो। […]

‘साग’को टिकट ‘इसेवा’बाट लिन सकिने

काठमाडौं,मंसिर,१२- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ ।सोअनुसार दर्शकले इसेवाबाट टिकट पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताउनुभयो । टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले […]

‘साग’ खेलकुदका लागी खेलाडी आइसके, दशरथ रंगशाला बन्दै

काठमाडौं,मंसिर,१०- १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन […]

‘साग’का लागी १६ हजार सुरक्षा खटिने

काठमाण्डौं,मंसिर,९- यहि मंसिर १५ देखि २५ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा गृह मन्त्रालयले सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तय गरेको छ । विमानस्थलदेखि होटल र होटलदेखि खेल आयोजना स्थलसम्म खेलाडी, पदाधिकारी, दर्शक र अन्य पाहुनाको सुरक्षा व्यवस्थासहित कार्ययोजना तय गरिएको गृहले जनाएको छ । सागमा पनि गृह मन्त्रालयले सेनासहितको सुरक्षा व्यवस्था हुने […]

‘साग’का चार खेलको लागी टिकट मूल्य निर्धारण

काठमाडौं,मंसिर,९- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ ।राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो । सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।यस्तै, भलिबल र बास्केटबलको […]