नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको ४ वर्ष पूरा,

काठमाण्डौं,बैशाख,१२- नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ ।४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । १८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको […]

जिल्लामै पहिलो विद्यालय भवन हस्तान्तरण

काठमाडौं,भाद्र,९- भूकम्प प्रभावित विद्यालयहरु मध्ये जिल्लामै पहिलोपटक चन्द्रागिरि नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरु कष्टसाथ अस्थायी टहरामा पठन–पाठन गर्दै आएका थिए । जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले जिल्लामै पहिलो पटक विद्यालयलाई नयाँ भवन बनाएर हस्तान्तरण गरेको हो । अब यस प्रक्रियाले निरन्तरता पाउने इकाईले […]

निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र

सिन्धुपाल्चोक,माघ,१५- स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु बताउँछन् । आजको कारोबारमा खबर छ ।

ओखलढुंगामा भूकम्प सुरक्षा दिवस मनाईयो

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,२- ओखलढुंगा सहित देशैभर आज २० औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइएकोे छ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजना तथा जिल्ला अगुवा संस्था सबल,नेपाल रेडक्रस सोसाइटी लगाएतका निकायहरुको सहयोगमा दिवस मनाईएको हो । विक्रम सम्बत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा यसवर्ष पनि ‘सबल समुदाय र स्थानीय सरकारः […]

दसैँसम्ममा भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

काठमाडौँ,साउन,१५- भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउनेभएको छ । विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो […]

राहत चामलका लागि सडक खन्दै सुत्केरी

बाजुरा,जेठ,१०- कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन्। उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ र आराम पनि त्यति नै गर्नुपर्छ। तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ। सुत्केरीको बेला सडकमा काम […]

बझाङमा भूकम्पको धक्का

 बझाङ, चैत १२- बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो । भूकम्पको धक्का सामान्य रुपमा मात्रै महसुश गरिएको हो । साभार उज्यालो अनलाईनबाट

पिडितलाई न्याय दिलाउने पुनरुत्थान पार्टीको प्रतीवद्धता

मधुपौडेल, बाँके,फाल्गुन १७-सर्वोच्च अदालतको २०६२ बैशाख ८ र २०६८ चैत्र २० मा स्थानीय तहमा समेत दैविक प्रकोप उद्धार समितिको गठन गर्न ,जिल्ला भु संरक्षण समिति गठन गर्न, संरक्षित जलाधार क्षेत्र घोषण गर्न ,नदी कटान जमिनको क्षतिपुर्ति उपलव्ध गराउन परमादेश÷निर्दैशनात्मक आदेश दिए पनि सरकारले उक्त आदेशको पालन नगरेको भन्दै पुनरुत्थान पार्टीै नेपालका एक भेलामा  आएका सहभागीले […]

पुनरुत्थान पार्टी नेपालले दबाब मुलक कार्यक्रमको र्याली निकाल्दै

बाँके,फागुन १६-पुनरुत्थान पार्टी नेपालको नेतृत्वले सामुदायिक विद्यालयका शिक्षक कर्मचारी भुकम्प र अन्य दैविक प्रकोप पिडित बाढी पहिरो पिढितहरुको अधिकार दिलाउनको लागी दबाव मुलक  र्याली निकाल्ने कार्यक्रम गर्दैछ । आज बिहान ११:३० बजे स्थानीय सेतुविक चोक देखि र्याली निकाली धम्बोझी चोकको परिक्रमा गर्दै सेतुविक चोकमा नै पुगेर कोणसभामा परिणत गर्ने जनाएको छ । त्यलगत्तै कार्यक्रम होटल […]