टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व ।।

टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व

टोकियो,असार,९-जापानको टोकियोमा नेपाल मगर संघ जापानले एक अनौपचारिक कार्यक्रम गरि भव्यताका साथमा आज आईतबार  भुम्या पर्व मनाएको छ।जापानको राजधानी टोकियो स्थित कासाई रिन्काई पार्कमा भुम्या पर्व मनाएको हो।  आज गरिएको भुम्या पर्व कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रीय जापानका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले संसारभरी छरिएर बस्नु भएका आम मगर समुदायमा […]

जापान नेपाल फुटबल संघ (एन्फा,जापान) को कार्यालय आज उदघाटन हुदैं

टोकियो,जापान,असार,३-जापानको टोकियोमा “जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुदैँ छ। आज आईतवारका दिन बिहान ११ बजे टोकियोको फुस्सा सि कुमागावा भन्ने स्थानमा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्न लागेको जापान नेपाल फुटबल संघ (एन्फा जापान) का संयोजक शिब खड्काले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उदघाटन समारोहको प्रमुख अतिथीमा जापान […]

नागोया फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने

टोकियो,जापान,जेठ,२०-जापानको नागोयामा दुई दिने नागोया फेस्टिवल हुने भएको छ। गैर आवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति नागोया र अन्य विभिन्न संघ संस्थाको सहकार्यमा यही जुन ८ र ९ तारिख शनिवार र आईतवारका दिन नागोया फेस्टिवलको आयोजना गर्न लागिएको छ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन […]

जापान नेपाल फुटबल संघ (एन्फा,जापान) को कार्यालय उदघाटन हुने

टोकियो,जापान,वैशाख,२९-जापानको टोकियोमा “जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुने भएको छ। यहि जुन १६ तारिख आईतबारका दिन बिहान ९ बजे टोकियोको फुस्सा सि कुमागावा भन्ने स्थानमा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्ने तय भएको छ। उदघाटन समारोहको प्रमुख अतिथीमा जापान स्थित नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर […]

“मोना” फेस्टिवलको तयारी पूरा, JRF को मेम्बर बन्दा विशेष उपहार

टोकियो,जापान,बैशाख,१४-मोना ईतावासी नेपाल फेस्टिवलको तयारी पूरा भएको छ। म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियोको ईतावासीमा भोली २७ र २८ तारिख शनिवार र आईतवारका दिन गर्न लागेको म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवलको तयारी पुरा भएको बताएको छ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले […]

नेपाल लगातार विजय,दिपेन्द्रसिंह ऐरीले बनाए फेरी विश्व कीर्तिमान

टोकियो,जापान,वैशाख,१-नेपालले ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको छ। शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो। कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। मोहम्मद […]

आजदेखि नयाँ वर्ष २०८१ साल सुरु

टोकियो,जापान,वैशाख,१-आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश,विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।विक्रमादित्यले […]

मोना ईतावासी फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने

टोकियो,जापान,चैत्र,२७-म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियो ईतावासीमा यहि अप्रिल २७ र २८ तारिख शनिवार र आईतवारका दिन म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवल आयोजना गर्दैछ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना  गर्न लागेको जनाएको छ। फेस्टिवलमा एक दर्जन बढी नेपाली रेष्टुरेण्ट […]

जापानीज संगै विदेशीहरु साकुराको सौन्दर्यतामा रमाउदै

टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो। जापानले सन् १९९२ देखि मार्च  २७  लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ। वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे […]

आज फागू पुर्णिमा, होली पर्व : पहाडी जिल्लामा मनाईदै

काठमाडौं,चैत्र,११-हिन्दू नेपालाहरुको रङहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ पहाडी जिल्लामा मनाईदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ । […]