आज होली पर्व : पहाडी भेगमा मनाईदै,भोली तराईमा मनाईने

काठमाडौं,फाल्गुन,२२-आज रङहरुको पर्व होली अर्थात् फागु पर्व मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि मंगलवार तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ। देशभरिका बिभिन्न जिल्लामा आज रङ, […]

अभिनेता पल शाह आज रिहा हुने

काठमाडौं,फाल्गुन,१५-अभिनेता पल शाह (पूर्णविक्रम शाह) आज सोमवार रिहा हुदैछन् । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको थियो। पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको जानकारी दिनुभएको थियो। पल शाहलाई […]

‘जुरेली’ बोलको गीत भिडियो सहित सार्वजनिक

काठमाडौं,पुष,३०-डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘जुरेली’ भिडियो सहित सार्वजनिक भएको छ।डा. आदित्य जोशीको शब्द रहेको यस गितमा गायक कर्ण संज्याल र जोशीकै संगीत रहेको छ। सो गितको भिडीयो गीतकार डा. जोशीले आफ्नै नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन्।एक्सन स्टुडियो नेपाल अनामनगर र आरएल स्टुडियो अमेरिकामा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

टोकियो,जापान,पुष,१७-आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ।वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित विश्वभर नयाँ वर्षको स्वागत गरिदै छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाइ गरी २०२३ सालको स्वागतमा नेपाल सहित विश्वभर नै हर्षों उल्लासका साथ शुभकामना आदानप्रदान र विभिन्न मनोञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्ष मनाइदैछ । इसाइ धर्मका […]

विश्वयुद्धका गोर्खाली सिपाहीको कोसेली: नेपथ्यले सार्वजनिक गर्‍यो ‘नैनताल

काठमाडौं,असोज,१४- नेपाली लोक–रक ब्यान्ड नेपथ्यले नयाँ गीत ‘नैनताल’ ल्याएको छ। नेपथ्यले आफ्नो १०औं एल्मबको अन्तिम गीतका रुपमा ‘नैनताल…’ ल्याएको हो।   नेपथ्यले आफ्नो ‘कान्छो गीत’ ‘नैनताल…’ लाई वीसौं शताब्दीका दुई विश्वयुद्ध लडेर रणमैदानबाट घर फर्किएका गोर्खाली लडाका (सैनिक)हरुको कोसेलीको रुपमा चित्रण गरेको छ।  प्रथम र द्वितीय विश्वयुद्धताका रणमैदानका अग्र भागमा खटिएका गोर्खाली लडाकाहरु घरपरिवारभन्दा निकै पर […]

गायक गोपाल जंग थापाको यसपालीको तिज कोसेली “बाई बाई भन्नु पर्छ”

काठमाडौं,साउन,१९-सञ्चारकर्मी तथा लोकदोहोरी गायक गोपाल जंग थापाले नयाँ तिजको गित सार्वजनिक गर्नु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको रौनक सुरु हुनै लाग्दा गायक गोपाल जंग थापाले यसपालीको तिजको कोसेलीमा “बाई बाई भन्नु पर्छ” बोलको तिजको गितको म्यूजीक भिडीयो सहित बजारमा ल्याउनु भएको हो । गितमा गायक गोपाल जंग थापा र गायीका निशा श्रीष मगरले […]

छोटो समयमै चर्चामा क्षितिज पारी २ “नजरबन्दमा” बोलको गित

काठमाडौं,आषाढ,२७-लोक दोहोरी गायक तथा शब्द सङ्गीतकार किरन बाबु पुनले बजारमा नयाँ सङ्गीतिक कोसेली ”क्षितिज पारी २ नजरबन्दमा” बोलको गीत लिएर आएका छन् । पछिल्लो समय गायक किरन बाबु पुन नेपाली लोक सङ्गीत जगतमा नेपाली दर्शकहरुले आशा गरेको एक नक्षेत्र व्याक्ति हुन्।त्यसैले होला किरन बाबुले ल्याउने हरेक नयाँ गीतहरु प्रति दर्शकले धेरै माया र साथ दिने गरेका छन्। […]

‘नेपहप को श्रीपेच’को पहिलो विजेता बने साइमन बिष्ट (भाईबर)

काठमाडौं,असार,१८-नेपालको पहिलो र्‍याप रियालिटी सो ‘नेपहप को श्रीपेच’को पहिलो सिजनको विजेता साइमन बिष्ट (भाईबर) बनेका छन् ।  शनीबार राती काठमाडौंमा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा भाईबर “नेपहप को श्रीपेच’को विजेता बन्न सफल भएका हुन् ।  उनलाई काठमाडौं महानगरपालीकाको नव निर्वाचीत मेयर अर्थात जज बालेन शाहले नेपहपको श्रीपेच लगाई दिएका थिए । विजेता “भाईबर” ले […]

निष्ठुरीको यादमा गायक भुवन भट्टराई

काठमाडौं,जेठ,२३-पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको अर्को एउटा नाम हो गायक भुवन भट्टराई । उनी नेपाली गित संगितको क्षेत्रमा लामो समय देखि निरन्तर संघर्षको अनुभव बटुल्दै आएका एक गायक हुन,भुवनले हाल सम्म लगभग दर्जन जति गितमा आवाज दिईसकेका छन । गायक भट्टराई आफै गित लेख्ने तथा संगित भर्ने कार्यमा पनि अब्बल देखिन्छन । चल्यो […]

कबड्डी–४’का लागी टोकियोमा हाउसफुल,धेरै दर्शक टिकट नपाएर फर्किए

बैशाख,जेठ,२२-नेपाली कथानाक चलचित्र कबड्डी कबड्डीले जपानको राजधानी टोकियोमा हाउसफुल गरेको छ । नेपालमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ले कबड्डी–४’पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमाको रेकर्ड बनाएको थियो । नेपालमा जस्तै जपानमा पनि यो फिल्मले रेकर्ड तोडेका छन् ।  जपानको राजधानी टोकियोमा पनि कबड्डी ४ को लागी हाउसफुल भएका छन् । टोकियोमा धेरै भन्दा  धेरै दर्शक […]