काठमाडौं,बैशाख,२२-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभइ सरकारी सेवा प्रवाह पारदर्शी बनाउन रहेको बताउँदै मन्त्री शर्माले सूचनाको हक सम्बन्धी ऐनको […]
राजनीति
उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकियो
काठमाडौं,चैत्र,२९-आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा […]
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं,चैत्र,२६-संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ।संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि […]
सरकारले लिम्पियाधुरा,लिपुलेक,सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने
काठमाडौं,चैत्र,२४-नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले बिहिवार ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बिओपी) वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम […]
रक्सी पिउने मानिस एमालेको कार्यकर्ता होईन : केपी ओली
काठमाडौ,चैत्र,१३-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने (रक्सी पिउने) मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता […]
विश्वासको मत दिने दललाई समेट्दा सरकार विस्तारमा जटिलता
काठमाडौं,चैत्र,१३-प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन धेरै दल बटुल्दाको असर सरकार विस्तारमा परेको छ। विश्वासको मत दिने दललाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने उदारता उहाँकै लागि घाँडो हुन पुगेको छ।भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै दल र प्रदेश सरकार फेरबदलको विषयले सरकार विस्तारमा जटिलता देखिएको हो । १५ फागुनमा एमालेले सरकार छाडेयता प्रधानमन्त्री दाहालसँग १६ मन्त्रालयको […]
राष्ट्रपति पौडल र पुर्वगृहमन्त्री रविको क्षेत्रमा वैशाख १० मै उपनिर्वाचन हुने
काठमाडौं,चैत्र,६-तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो। तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो।पौडेल गत फागुन २५ गते […]
प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत
काठमाडौं,चैत्र,६-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो।प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो।संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा दाहाललाई बहुमत प्राप्त भएको सभामुख देवराज घिमिरेले […]
नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
काठमाडौं,चैत्र,२-प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गर्नुभएको छ । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो। खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिनुभएको हो। ‘लिगका खेलहरुमा उच्च कौशलता […]
स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध
काठमाडौं,चैत्र,२-स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार […]

