सुर्खेत,माघ,११-गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न नसकिने बताउनुभएको छ । सुर्खेतमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले एमसीसीमा भएको थुप्रै प्रावधानका विषयमा दलहरुबीच छलफल चलिरहेकाले संसोधन भएपछि मात्र नेपालको राष्ट्रियता र स्वतन्त्रता कुण्ठित पार्न खोजे मान्य नहुने बताउनुभएको हो । उहाँले नेकपाको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार नै सरकार अघि बढ्ने […]
राजनीति
राष्ट्रियसभा निर्वाचनको सबै परिणाम सार्वजनिक-काँग्रेसको जित ‘शुन्य’
काठमाडौं,माघ,९-राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । नेकपाका १६, राजपाका दुई निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् भने प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् । प्रदेश–१-परिणामअनुसार प्रदेश नम्बर–१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी […]
राष्ट्रियसभा निर्वाचन-आज रातिबाट मौन अवधि शुरु हुँदै
काठमाडौं,माघ,६-राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल […]
अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय
काठमाडौं,माघ,५-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आईतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भोलि माघ ६ गतेका लागि बोलाइएको संसद बैठक अगावै सभामुखको नाम टुंगो लगाउन आज बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो […]
सभामुख चयनको विषयमा ओली र प्रचण्डबीच छलफल जारी
काठमाण्डौं,माघ,५-प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ।आइतबार बिहान नौ बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो । ओली र प्रचण्डबीचको छलफल सभामुख चयनको विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।सभामुखमा पूर्व एमाले र पूर्व माओवादी खेमाबीच […]
बाह्रविसेमा घरटहरा भत्काउँदा विरोध प्रदर्शन, निषेधाज्ञा जारी
सिन्धुपाल्चोक,माघ,५-सिन्धुपाल्चोकको बार्हविसेमा बाटो बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि निशेधाज्ञा जारी गरिएको छ । बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको छ । शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि हिजो स्थानीयले नाराजुलुस गरेकाले निशेधाज्ञा जारी गरिएको हो ।स्थानीयले बजार क्षेत्रमा नारा […]
बम विष्फोटको जिम्मा विप्लव समुहले लियो- ‘ललिता निवास जग्गा कब्जा’
काठमाडौं,माघ,२-बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । विष्फोटको जिम्मा नेत्र विक्रम चन्द‘विप्लव’ समूहले लिएको छ । ढकालको काठमाडौंको ढुंगेधारा सानो भर्याङस्थित घरमा बुधबार साँझ बम विस्फोट भएको हो । विष्फोटबाट पार्किङमा राखिएको गाडीमा क्षति पुग्नुका साथै घरको झ्यालका सीसाहरु फुटेका छन् । वरपरका घरहरुका झ्यालमा समेत क्षति […]
आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती, राष्ट्रिय एकता दिवस पनि मनाइँदै
काठमाण्डाै,पौष,२७-राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन आइतबार विभिन्न कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले बाइसे र चाैबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो । पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको […]
सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा-कम्तिमा ३५ जनाको मृत्यु
काठमाडौं,पुस,२२-अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिमा भाग लिन गएकाहरुबीच भागदौड मच्चिँदा कम्तिमा ३५ जना मारिएका छन् । बीबीसीका अनुसार अरु दर्जनौं घाइते भएका छन् । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको गृहनगर केरमान शहरमा आयोजित अन्त्येष्टीमा मानवसागर नै उर्लेको थियो । अन्त्यष्टीमा सहभागी हुन देशका विभिन्न स्थानबाट लाखौंको संख्यामा […]
राप्रपा (संयुक्त) द्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं,पुस,२०- राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ।सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । आइतबार (आज) काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको तयारी समेत गरेको छ । पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको […]



