सञ्चारमाध्यमले अपमान गर्यो – प्रधानमन्त्री ओली

काठमाडौं,माघ,१९-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै रोष प्रकट गर्नुभयो । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै चित्त दुखाउनु भएको हो।आफूहरुलाई फलानो गूटको भनेर टाउका जोडेर सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । बैठकमा उहाँले आफूहरु कुनै गूटका नभई […]

पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ, एमसीसी पास गराएरै छाड्छौ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौं,माघ,१७-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताउनुभएको छ ।विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताउनुभयो  । सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताउनुभयो  ।उहाँले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै […]

आज शहीद दिवस मनाइँदै- सरकारसँग शहीदहरुको यकिन तथ्याङ्क भने छैन

काठमाडौं,माघ,१६-आज शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सम्मान अर्पण गरिँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको […]

नेकपाको महाधिवेशन ०७७ चैतमा

काठमाडौं, माघ १५-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा एकतापछिको पार्टीको पहिलो महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा जारी पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय […]

एमसीसी पारित गराउन अलमल नगरौं- प्रधानमन्त्री ओली

काठमाडौं,माघ,१५-प्रधानमन्त्री केपी ओलीले अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्न नहुने बताउनु भएको छ । बुधबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस परियोजनामा सार्वभौसत्तामा असर पर्ने गरी सम्झौता नगरिएको प्रष्ट गर्नुभयो । यो मुलुकलाई आएको ठूलो सहायता हो भन्दै उहाँले यसबारे धेरै प्रश्न गरिरहनु नपर्ने […]

तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्छु: अग्नि सापकोटा

काठमाडौं,माघ,१२-नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफुले तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्ने बताईएको छ । निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले प्राप्त जिम्मेवारी निष्पक्ष भएर पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाली काँग्रेसले शंका गरेजस्तो अवस्था आउन नदिने उहाँको भनाइ थियो ।त्यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुले पनि नवनिर्वाचत सभामुखले निष्पक्ष भएर काम गर्ने […]

आज सभामुख निर्वाचन- अग्नि सापकोटा निर्विरोध हुने निश्चीत

काठमाडौं, माघ १२-संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुंदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह् तीन बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ ।सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उहाँ निर्विरोध हनेछन् । […]

एमसीसीका प्रावधानहरु संशोधन नभए स्वीकार्य छैन्- गृहमन्त्री थापा

सुर्खेत,माघ,११-गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न नसकिने बताउनुभएको छ । सुर्खेतमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले एमसीसीमा भएको थुप्रै प्रावधानका विषयमा दलहरुबीच छलफल चलिरहेकाले संसोधन भएपछि मात्र नेपालको राष्ट्रियता र स्वतन्त्रता कुण्ठित पार्न खोजे मान्य नहुने बताउनुभएको हो । उहाँले नेकपाको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार नै सरकार अघि बढ्ने […]

राष्ट्रियसभा निर्वाचनको सबै परिणाम सार्वजनिक-काँग्रेसको जित ‘शुन्य’

काठमाडौं,माघ,९-राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । नेकपाका १६, राजपाका दुई निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् भने प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् । प्रदेश–१-परिणामअनुसार प्रदेश नम्बर–१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी […]

राष्ट्रियसभा निर्वाचन-आज रातिबाट मौन अवधि शुरु हुँदै

काठमाडौं,माघ,६-राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल […]