काठमाडौं,फागुन,८-सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लील संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनीक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा […]
राजनीति
समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिदैछ- प्रधानमन्त्री ओली
काठमाडौं,फागुन,७-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने काममा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज (बुधबार) सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैको सहयोगबाट मात्र सरकारको समृद्धिको लक्ष्य पूरा हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध […]
ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा, आज संसदमा सम्बोधन गर्दै
काठमाडौं,फागुन,२-केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।वि.स. २०७४ साल फागुन ३ गते केपी ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । सत्ता साझेदारीपछि एमाले र माओवादीबीच पार्टी एकिकरण भएको थियो । दुई तिहाइ समर्थनसहित गठन भएको […]
अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : अध्यक्ष दाहाल
काठमाडौं,फागुन,१-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा […]
प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं,माघ,२८-सरकारले प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आइजीपी सर्वेन्द्र खनालले माघ २९ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि सरकारले ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका लागि डीआईजी […]
निर्मला पन्त प्रकरणः एआइजीको प्रतिवेदन खारेज, ‘दिलीप नै दोषी भएको ठहर’
काठमाडौं,माघ,२७-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो […]
सडकको जाम हटाउने विद्यार्थीको जुक्ति
काठमाडौं,माघ,२५-अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा भेट नै नभएपछि […]
पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक पारित
काठमाडौं,माघ,२३-बहुचर्चित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले विधेयकमा व्यवस्था गरेको पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक पारित गरेको हो । विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेसागत शुद्धता र मर्यादाका लागि लाइसेन्सको विषय उठेको भन्दै सबैको सहमतिको लागि […]
अख्तियार सरकारको प्रभाव र दबाबमा परेको कांग्रेसको आरोप
काठमाडौं,माघ,२३-नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको प्रभाव र दबाबमा परेको आरोप लगाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार अपराह्न पत्रकार सम्मेलन गरी कांग्रेसले विजय गच्छदारलाई उन्मुक्ति दिनुपर्छ नभनेको तर कानुन सबैलाई समानरुपमा लागू हुनुपर्ने बताएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कमजोर तथ्यको जग्गामा ‘फेन्टासी’ ल्याएर मुद्दालाई क्रान्तिकारी पटाक्षेप गराउने कोसिस भइरहेको आरोप […]
काँग्रेसले गर्यो संसद अवरुद्ध
काठमाडौं,माघ,२३-नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेको छ । आफ्नो पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसको विरोधमा काँग्रेसले आजको बैठक स्थगित गरेको हो । बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको […]




