लकडाउन तत्काल अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाण्डौं,चैत्र,२९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताउनु भएको छ । शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपाल-भारत सीमानाकामा अझै कडाइ गरिने बताउनु भएको हो। प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुँने भन्दै लकडाउन […]

रसुवागढी र तातोपानी नाका संचालन गर्ने सरकारको निर्णय

काठमाडौं,चैत्र,१२-सरकारले चीनतर्फका रसुवागढी र तातोपानी नाका सुचालु गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान […]

अमेरिकाले एमसीसी परिमार्जन नगरे अनुमोदन हुँदैन- प्रचण्ड

काठमाण्डौं,फागुन,१७-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही बुँदाहरु परिमार्जनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने बताउनुभयो । प्रेस संगठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डल परिमार्जन नभए एमसीसी पारित नहुने बताउनु भएको हो। उहाँले अमेरिकालाई एमसीसी परिमार्जन गर्न आग्रह गर्ने नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने बताउनुभयो […]

के हो मुद्रण काण्ड (सेक्युरिटी प्रेस)? मन्त्री गोकुल बाँस्कोटा कसरी फसे विस्तृतमा

काठमाडौं,फागुन,८-नेपालमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) छैन। नोट, अन्तःशुल्क स्टिकर, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, रिचार्ज कार्ड, बैंकको चेकलगायतका सामग्री छाप्ने मेसिनलाई सुरक्षण मुद्रण छापाखाना भनिन्छ। यस्तो छापाखाना भएको कम्पनी हालसम्म उद्योग विभागमा दर्ता भएको छैन। नेपालमा केही स्तरीय छापाखानाले रिचार्ज कार्ड र बैंकको चेक भने छाप्छन्। तर, अझै पनि नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड २० […]

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं,फागुन,८-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्मका सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन  निर्देशन दिएको हो । सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ ।  समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे छलफल […]

विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं,फागुन,८-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो । लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारवाही गर्न पत्राचार गरेको हो । ‘एउटा अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत […]

सुशासनका लागि लडिरहेको छु, नजिक टाढाका भनेर छाड्दिनँ: प्रधानमन्त्री

काठमाण्डौं,फागुन,८-प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताउनुभएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएको बताउनुभयो । ‘सुशासन र सिस्टमका लागि […]

नैतिकताको आधारमा राजीनामा दिएँ – गोकुल बाँस्कोटा

काठमाडौं, फागुन,८-सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । बिहीबार ट्वीटरमार्फत् उनले आफ्नो राजीनामाबारे जानकारी गराएका हुन् । ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’–उनले ट्वीटमा लेखेका छन् । मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट […]

सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिमा छलफल

काठमाडौं, फागुन,८-संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदबारेको छलफल भइरहेको छ। बैठकमा समितिले आज यससम्बन्धी आठवटा बुँदामा छलफल गरिरहेको छ। बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थन नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। त्यस्तै, विभिन्न […]

ओली-प्रचण्डबीच भेटवार्ता, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल

काठमाडौं,फागुन,८-सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । प्रधानमन्त्री रहेका ओलीसँग छलफल गर्न अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको […]