काठमाडौं, पुस,१०- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको जिकिर गर्नुभयो ।सत्तारुढ र प्रतिपक्षदलका सांसदहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय सम्बन्धमा सरकारको जवाफ माग गरेपछि आज बसेको राष्ट्रियसभा बैठकमा सरकारका तर्फबाट जवाफ दिँदै उहाँले संसदले बनाएको कानुनअनुसार नै लिज अवधि थप गरिएको जिकिर गर्नुभयो । नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका […]
राजनीति
मन्त्रिपरिषद् बैठकका २१ निर्णय : सीमा क्षेत्रमा थप ११४ ‘बीओपी’ राख्ने
काठमाडौं,पुस,३- सरकारले सीमा क्षेत्रमा थप ११४ ओटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर ३० गते) बसेको बैठकले सशस्त्र प्रहरी बलअन्तर्गत् ती बीओपी स्थापना गर्ने निर्णय गरेको हो । बैठकले नेपाल सरकारका दुईजना सचिवको सरुवा गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुखसचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री […]
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित
काठमाडौं,पुस,३- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित भएको छ।ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन)मा नेपाली समयअनुसार बिहीबार बिहान मतदान भएकाे हाे। मतदानमा ट्रम्पक विपक्षमा २३० र पक्षमा १९७ मत खसेपछि महाभियाेग प्रस्ताव पारित भएकाे हाे। तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार दुरूपयोग गरेको ठहर गरेको छ।अमेरिकी संसदको […]
काँग्रेसमा भागबन्डाको विवाद कायमै महाधिवेशन अर्को वर्ष गर्ने सैद्धान्तिक सहमति
काठमाडौँ,पुस,१- नेपाली काँग्रेसभित्र १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा बढेको मतान्तर अब सहमतिमै टुङ्ग्याउने गरी अगाडि बढेको छ । तर पनि संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० र ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ । संस्थापन पक्ष र अर्को पक्षबीच सोमबार भएको गहन छलफलपछि महाधिवेशनको कार्यतालिकासहित विभाग गठन […]
उपचुनाव वडाध्यक्षको नतीजा : कसले कहाँ कहाँ जित्यो (अपडेट)
काठमाण्डौं,मंसिर,१५- उपचुनावनिर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको आयोगले जनाएको छ।शनिबार साँझ आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी दिनुभयो । […]
उपनिर्वाचन हुँदै : ३७ जिल्लाका ५२ पदका लागि मतदान जारी
काठमाडौं, मंसिर,१४- प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन हुँदैछ ।उपनिर्वाचन हुने सबै जिल्लामा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा […]
‘सरकार नै विद्यार्थीलाई निजी विद्यालयमा पढ्न प्रोत्साहित गर्छ’
काठमाण्डौं,मंसिर,१४- सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।शुक्रवार राजधानीमा एजुकेशन इन्टरनेशनलले गरेको शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अवस्था : प्रभाव र न्यूनिकरण विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् । विगतदेखि सामुदायिक विद्यालय मर्ज र बन्द गर्दै गएपनि नयाँ विद्यालय नखोलेको भन्दै सरोकारवालाहरुले सरकार […]
सरकारसंग नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेस नेता विश्वप्रकाशको माग
कास्की,मंसिर,९- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्नु भएको छ ।नेपाल प्रेस यूनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीन दिनभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा सार्वजनिक गर्न नसक्ने हो भने प्रतिपक्षीलाई त्यसको जिम्मा दिन आग्रह गर्नुभयो । प्रवक्ता शर्माले शनिबार पोखरामा पार्टी सभापति […]
उपनिर्वाचनका लागि मतपत्र पुर्याइयो : आयोग
काठमाण्डौं,मंसिर,९- मंसिर १४ मा हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । निर्वाचन आयोगले आइतबार जनाएअनुसार नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगम स्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरबाट ढुवानी गरी पुर्याएको हो । संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मा सेनालाई […]
ड्राफ्ट हेरेर कालापानीबारे भारतलाई पत्र पठाइएका छौ : प्रचण्ड
काठमाडौं,मंसिर,७- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताउनु भएको छ ।बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको बताउनुभयो। उहाँले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको भन्दै यस विषयमा राष्ट्र एकताबद्ध रहेको बताउनुभयो ।सीमा मिचिएको बेलामा सरकारले […]
