कतार,भदौ,१६- गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएएनसीसी कतारको सल्लाहकार,आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्मा ले(२०१९–०२१) कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व […]
राजनीति
नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न
काठमाण्डौं,भदौ,१५- नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न भएको छ । नेपाल मगर सघको भात्रृ संगठन नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको अधिबेसन सम्पन्न भएको हो । बिगत लामो समयदेखी हुने भनिएको अधिबेशन बिबिध कारणबस गठन हुन सकेको थियन । सोही अधिबेसनको सभापती खेम बिक्रम थापा मगर प्रमुख अतिथी नेपाल मगर सघको केन्द्रिय माहासचिब […]
सरकारविरुद्ध आन्दोलनको तयारी, सबैको साथ आवश्यक : देउवा
काठमाण्डौं,भाद्र,११- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताउनु भएको छ । नेपाल प्रेस युनियनको संगठन व्यवस्थापनसम्बन्धी कार्यशालालाई बुधबार ललितपुरमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढेको दाबी गर्नुभयो ।सरकारलाई प्रजातन्त्रविरोधी संज्ञा दिँदै उनले मानवअधिकार र वाक स्वतन्त्रताका लागि फेरि लड्ने दिन […]
रवि लामिछाने सहित तीनै जना रिहा : फैसला नहुन्जेल कार्यक्रम सन्चालन गर्न रोक
चितवन,भदौ,९- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछाने सहित तीनै जना सोमबार रिहा भएका छन् ।लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको हो । कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको […]
नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न
काठमाण्डौं,भदौं,९- नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ।सिंगापुर उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले कार्यावहाकको जिम्मा उपप्रधान एवं रक्षामन्त्रीलाई दिए पनि बैठकको अध्यक्षता भने आफैँ ग्रहण गर्नुभएको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी […]
नेकपामा पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध
काठमाडौं,भदौ,९- नेकपाले पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध लगाएको छ ।सोमबार अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल गर्न भनेको छ । अन्यथा स्पष्टीकरणको माध्यमबाट कारबाही थाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।बैठकले चार जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुका साथै, केही […]
तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा सम्पन्न
कैलाली,भदौ,९- कैलालीको टीकापुरमा आयोजित तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । १५ बुँदे टीकापुर घोषणापत्र जारी । सम्मेलनले थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्याउनुका साथै पहिचानका पक्षधरलाई एकताबद्ध गरेको […]
रवि लामिछाने सहित तिन जनालाई अदालत लगीयो
चितवन,भदौ,८- पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अदालत लगिएको छ ।आज बिहान १० बजे उनीहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको बुझिएको छ ।लामिछानेविरुद्ध अभियोग पत्र […]
नेकपाले प्रचण्डको अध्यक्षतामा सांगठनिक तथा पार्टीका अन्य निर्णय गर्ने
काठमाडौं,भदौ,५- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय […]
प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो
काठमाडौं,भदौ,३- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको डेढ वर्षपछि पहिलोपटक डाकेको सर्वदलीय बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि खतरा उत्पन्न भएको महसुस भएको भन्दै सँगै लडेका शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।उहाँले देशमा हिंसात्मक गतिविधि हुन नदिन पनि […]

