नेपालमा चारवटा काम गर्ने चिनियाँ राष्ट्रपति सी जिनफिङ घोषणा

काठमाण्डौं,असोज,२५- चिनियाँ राष्ट्रपति सी जिनफिङले चीन र नेपालबीच असल दाजुभाइको सम्बन्ध रहेको बताएका छन् । नेपाल भ्रमणको पूर्वसन्ध्यामा गोरखापत्र दैनिकमा प्रकाशित सीको विशेष आलेखमा उनले दुई देशले मिलेर गर्नुपर्ने चारवटा काम औंल्याएका छन् । जसमा रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु, व्यवहारिक सहयोग विस्तार गर्नु, जनस्तरीय आदान प्रदानलाई व्यापक पार्नु र सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु छन् । […]

पूर्वसभामुख कृष्ण बहादुर महरा बिरामी : हिरासत कक्षमै अक्सिजन

काठमाडौं,असोज,२०- पुर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उहाँलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उहाँलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । सोही राति […]

कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ

काठमाण्डौं,असोज,१९- महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने जनाइएको छ ।बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास पुगेको थियाे । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका महरालाई पक्राउ […]

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

काठमाण्डौं,असोज,१४- भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।  कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले […]

सभामुख महराले दिए : पदबाट राजीनामा

काठमाडौं,असोज,१४- एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ ।उहाँले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ । ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा […]

सभामुख र सांसदबाट राजीना दिन : महरालाई नेकपाको सुझाव

काठमाडौं,असोज,१४- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । […]

सभामुख महरामाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न : गगन थापाको माग

काठमाण्डौं,असोज,१४- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न माग गर्नु भएको छ । मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले निष्पक्ष अनुसन्धानको लागि सभामुखले पदबाट राजीनामा दिनुपर्ने भन्दै आम नागरिकलाई कानुनले जसरी हेर्छ सभामुखलाई पनि त्यसरी नै हेर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो घटना क्रमबाट नेपाल प्रहरीले आफ्नो शाख […]

कम्युनिष्टलाई देउवाको चेतावनी : गगन भन्छन’ कम्युनिष्ट विरुद्ध कांग्रेसले सिकार गर्छ

काठमाडौं,असोज,११- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिनुभएको छ । आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिनुभयो । कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको भन्दै देउवाले […]

नेपाली कांग्रेस बाँके क्षेत्र नं–३ मा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन

बाँके,भाद्र,२१- नेपाली कांग्रेस बाँके क्षेत्र नं–३ मा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति शुक्रबार गठन गरिएको छ । खजुरा गाउँपालिका वडा नं.–३ मा क्षेत्रस्तरिय भेलाको आयोजना गरी प्रदेश क र प्रदेश ख अन्तर्गत दुई वटा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन गरिएको हो । प्रदेश क अन्तर्गत बाँकेको बैजनाथ र खजुरा गाउँपालिका वडा नं.–५, ६, ७ र ८ बाट […]

गैरआवसीय नेपाली संघको उपाध्यक्ष पदमा बद्री के शी उम्मेदवारी दिदै

कतार,भदौ,१७- गैरआवसीय नेपाली संघको विश्व सम्मेलनको तयारी नजिकिदै गर्दा विभिन्न पदमा आकाक्षा राख्दै उम्मेदवारी आउने क्रम जारी रहे सगै बर्तमान महासचिब डा. बद्री के.शी ले आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आसन्न एनआरएनए आइसीसीको नबौ महाधिबेशनको दौडमा रहेका केशी ले एनआरएन लाई साझा र पारदर्शी बनाउन सबैको महत्वपुर्ण भुमिका रहेको भन्दै […]