महरालाई आज पुन अदालत उपस्थित गराइँदै, सरकारी वकिलले बयान लिने

काठमाडौं,कार्तिक,३- बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराइँदैछ ।उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालदमा उपचार गराइरहनुभएका महरालाई प्रह्रीले आज फेरि अदालत लैजान लागेको हो । यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो ।तर स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष […]

एनआरएनको नवौं सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र जारी

काठमाडौं,कार्तीक,२- काठमाडौंमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमार्फत सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न सबै गैरआवासीय नेपालीहरूमा आव्हान पनि गरिएको छ […]

एनआरएनए को नयाँ कार्यसमीतीमा अध्यक्ष कुमार पन्तको प्यानल विजयी

काठमाडौं,कार्तिक,१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ । महासचिबमा डा. हेमराज शर्मा विजयी हुनु भएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि  नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा भएको निर्वाचनमा १२ सय १७ मत ल्याएर पन्त अध्यक्षमा निर्वाचित भएको हो ।पन्तका प्रतिस्पर्धी कुल […]

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

काठमाण्डौं,असोज,२७- निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।जसबाट उनीहरूले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ […]

राष्ट्रपति सी चिनफिङले दिए :काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाण्डौं,असोज,२६- नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिनुभएको छ । शनिबार होटल सोल्टी क्राउन प्लाजामा भएको एक्लाएक्लै भेटमा राष्ट्रपति सीले देउवालाई चीन आउन निम्तो दिएको काँग्रेस सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेटेलगत्तै होटल फर्केका सीले देउवालाई भेट्नु […]

नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

काठमाडौं,असोज,२६- नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् ।चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो ।उनको विदाइका […]

नेपाल–चीनबीच विभिन्न १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर

काठमाडौं, असोज,२६- नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।   वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, […]

नेपालमा चारवटा काम गर्ने चिनियाँ राष्ट्रपति सी जिनफिङ घोषणा

काठमाण्डौं,असोज,२५- चिनियाँ राष्ट्रपति सी जिनफिङले चीन र नेपालबीच असल दाजुभाइको सम्बन्ध रहेको बताएका छन् । नेपाल भ्रमणको पूर्वसन्ध्यामा गोरखापत्र दैनिकमा प्रकाशित सीको विशेष आलेखमा उनले दुई देशले मिलेर गर्नुपर्ने चारवटा काम औंल्याएका छन् । जसमा रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु, व्यवहारिक सहयोग विस्तार गर्नु, जनस्तरीय आदान प्रदानलाई व्यापक पार्नु र सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु छन् । […]

पूर्वसभामुख कृष्ण बहादुर महरा बिरामी : हिरासत कक्षमै अक्सिजन

काठमाडौं,असोज,२०- पुर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उहाँलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उहाँलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । सोही राति […]

कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ

काठमाण्डौं,असोज,१९- महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने जनाइएको छ ।बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास पुगेको थियाे । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका महरालाई पक्राउ […]