चारदिने सद्भावना भ्रमणका लागी बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं,कार्तीक,२६- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने सद्भावना भ्रमणका क्रममा नेपाल आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नु भएको थियो । भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भोलि अपराह्न भेटवार्ता गर्ने […]

नेकपा सचिवालय बैठक सुरु : मन्त्री हेरफेरको विषयमा छलफल हुने

काठमाडौं,कार्तिक,२५- नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएकाे छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजे बस्ने भनिएकाे बैठक एक घण्टापछि सुरु भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभएको छ । आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) […]

सीमाबारे सेनाको चासो : प्रधानमन्त्री जंगीअड्डामा

काठमाडौं,कार्तीक,२५- भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन्। नेपाली भूभागमा रहेको भारतीय सुरक्षाकर्मीलाई […]

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं,कार्तिक,२१- यही मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।तयारी पूरा भएसँगै आयोग आजदेखि निर्वाचन कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ ।कास्की निर्वाचन क्षेत्र नम्बर २ मा […]

नेकपाले लगायो ७ प्रदेश प्रमुखहरुको नाम टुंगो

काठमाडौं,कात्तिक,१८- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ।सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम टुंगो लगाएसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गरिने छ । मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखलाई नियुक्त गर्ने संवैधानिक […]

डा.भगवान कोइराला मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त

काठमाडौं,कात्तिक,१७- सरकारले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका थिए । यसअघि शिक्षा मन्त्री गिरिराजमणि […]

महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु

काठमाडौं,कार्तीक,१७- जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि आज उक्त मुद्धामाथि बहस हुन लागेको हो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले करीब ७ घण्टा बयान लिएपछि आजका लागि बहस तय गरिएको हो ।प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती […]

नेकपा सचिवालय बैठक बस्दै, आज उम्मेदवारको टुंगो लगाउने

काठमाडौं, कार्तिक,१६- नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दैछ।आज (शनिबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दर अर्यालले जानकारी दिनुभयो । आजको बैठकका एजेण्डाका विषयमा प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग शुक्रबार छलफल गर्नु भएको […]

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं,कार्तिक,११- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) बिहान एक्लाएक्लै भेटवार्ता भएको छ। ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो। भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो […]

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन अजरबैजान जाँदै

काठमाडौं,कार्तीक,७- प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन ओली मध्यान्न पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा […]